रामेछाप ओैधाेगिक मेलाकाे खर्च १६ लाख ३० हजार, आम्दानि ३ लाख २० हजार
रामेछाप – उद्याेग बाणिज्य संघ रामेछापले माघमा आयाेजना गरेकाे रामेछाप कृषि , पर्टन तथा ओैधाेगिक मेलामा १६ लाख ३० हजार ३३८ खर्च भएकाे छ भने हाल सम्मकाे आम्दानी ३ लाख २० हजार ५ सय रहेकाे छ । संघले साेमबार मेलामा भएकाे आम्दानी तथा खर्च विवरण पत्रकार सम्मेलन गरेर दिएकाे जानकारी हाे ।
संघले जिल्लाकाे कृषि तथा पर्यटन क्षेत्रकाे प्रबर्द्धन गर्ने उद्देश्यले माग १६ गते देखि २५ गते सम्म संचालन गरेकाे उक्त मेलामा भएकाे आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्नेक्रममा संघका काेषाध्यक्ष झनक बुढाथोकीले मेलामा भएका खर्च तथा आम्दानी विवरण प्रस्तुत गरेका हुन । प्रस्तुत विवरण अनुसार स्टलबिक्रीबाट ३७ हजार, सुनापाति गाउँपालिकाबाट प्राप्त ९८ हजार ५ सय र ठेकेदार कम्पनी राकेश एण्ड समिना नेपालबाट २ लाख २२ हजार प्राप्त गरेकाे छ।
मेलामा भएकाे खर्चतर्फ लाेकदाेहाेरी बाध्यवादलाई २ लाख ४ हजार ९२० , उत्घाटन र समापन खर्च ६० हजार ६९० , प्रस्ताव लेखन र प्रतिवेदनमा ५६ हजार ९० ,कृषक र नृत्य गर्ने विद्यार्थीलाई पुरस्कार ५४ हजार,यातायात र ईन्धनमा ७७ हजार ३१० ,अतिथि संत्कार ३६ हजार ७३०, मेष।संचालनमा ३ लाख ७ हजार २१२ ,स्टल निर्माण , पानी तथा सरसफाइमा ६२ हजार ५६०,सुचना तथा प्रचार प्रसारमा ६३ हजार,माझी कलाकारलाई १ लाख ७६ हजार ४५ , खानेपानी र बत्तिमा ५० हजार ३९४, स्टेशनरी खर्च १४ हजार ९६०,कर्मचारी भत्ता २३ हजार ५००,स्थानिय ढुवानी तथा अटाेमा प्रचार ३५ हजार ५००,बैठक तथा पत्रकार भेटघाट ३२ हजार ८४०,अतिथिलाई काेसेली ५० हजार ८७५ ,सुरक्षा तथा स्वयंसेवक खर्च १ लाख, ब्यानर तथा प्रमाणपत्र १ लाख ५० हजार २१२ र पुरस्कार मुल्यांकन समिति बैठक तथा कृषक यातायातमा ७५ हजार ५०० गरि जम्मा १६ लाख ३० हजार ३३८ खर्च भएकाे छ ।
उक्त ओैधाेगिक मेला ६० हजारले अवलाेकन गरेकाे संघका अध्यक्ष नवीन थापामगरले जानकारी दिए । अध्यक्ष मगरले मेलाका लागि प्राप्त हुने सहयाेग रकम संकलन गर्नै बाकी भएकाे बताए । अपेक्षित रकम संकलन गर्न सकेमा १ लाख भन्दा बढी नै नाफा हुने अपेक्षा रहेकाे बताए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त
- २ पिङ्खुरीका पुर्व वडाअध्यक्ष सहित ठुलाे संख्यामा एमाले परित्याग गर्दै कांग्रेस प्रवेश
- ३ टाेल – टाेलमा आयुर्वेद सेवा
- ४ रामेछापका कांग्रेस उमेदवार रामचन्द्रले सुरु गरे डिजिटल सुझाव संकलन’
- ५ निर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायाे नेताहरू
- ६ नापी कार्यालय रामेछापको सेवा प्रवाहमा नयाँ अभ्यास, सेवाग्राहीले आफ्नाे आफै हेर्न सक्ने
- ७ पार्टीभित्रको एकता नै जितको आधार : रामचन्द्र खड्का
- ८ कांग्रेस बागमती प्रदेशकाे निर्वाचन युवा परिचालन समिति गठन















प्रतिक्रिया दिनुहोस