रामेछाप ओैधाेगिक मेलाकाे खर्च १६ लाख ३० हजार, आम्दानि ३ लाख २० हजार
रामेछाप – उद्याेग बाणिज्य संघ रामेछापले माघमा आयाेजना गरेकाे रामेछाप कृषि , पर्टन तथा ओैधाेगिक मेलामा १६ लाख ३० हजार ३३८ खर्च भएकाे छ भने हाल सम्मकाे आम्दानी ३ लाख २० हजार ५ सय रहेकाे छ । संघले साेमबार मेलामा भएकाे आम्दानी तथा खर्च विवरण पत्रकार सम्मेलन गरेर दिएकाे जानकारी हाे ।
संघले जिल्लाकाे कृषि तथा पर्यटन क्षेत्रकाे प्रबर्द्धन गर्ने उद्देश्यले माग १६ गते देखि २५ गते सम्म संचालन गरेकाे उक्त मेलामा भएकाे आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्नेक्रममा संघका काेषाध्यक्ष झनक बुढाथोकीले मेलामा भएका खर्च तथा आम्दानी विवरण प्रस्तुत गरेका हुन । प्रस्तुत विवरण अनुसार स्टलबिक्रीबाट ३७ हजार, सुनापाति गाउँपालिकाबाट प्राप्त ९८ हजार ५ सय र ठेकेदार कम्पनी राकेश एण्ड समिना नेपालबाट २ लाख २२ हजार प्राप्त गरेकाे छ।
मेलामा भएकाे खर्चतर्फ लाेकदाेहाेरी बाध्यवादलाई २ लाख ४ हजार ९२० , उत्घाटन र समापन खर्च ६० हजार ६९० , प्रस्ताव लेखन र प्रतिवेदनमा ५६ हजार ९० ,कृषक र नृत्य गर्ने विद्यार्थीलाई पुरस्कार ५४ हजार,यातायात र ईन्धनमा ७७ हजार ३१० ,अतिथि संत्कार ३६ हजार ७३०, मेष।संचालनमा ३ लाख ७ हजार २१२ ,स्टल निर्माण , पानी तथा सरसफाइमा ६२ हजार ५६०,सुचना तथा प्रचार प्रसारमा ६३ हजार,माझी कलाकारलाई १ लाख ७६ हजार ४५ , खानेपानी र बत्तिमा ५० हजार ३९४, स्टेशनरी खर्च १४ हजार ९६०,कर्मचारी भत्ता २३ हजार ५००,स्थानिय ढुवानी तथा अटाेमा प्रचार ३५ हजार ५००,बैठक तथा पत्रकार भेटघाट ३२ हजार ८४०,अतिथिलाई काेसेली ५० हजार ८७५ ,सुरक्षा तथा स्वयंसेवक खर्च १ लाख, ब्यानर तथा प्रमाणपत्र १ लाख ५० हजार २१२ र पुरस्कार मुल्यांकन समिति बैठक तथा कृषक यातायातमा ७५ हजार ५०० गरि जम्मा १६ लाख ३० हजार ३३८ खर्च भएकाे छ ।
उक्त ओैधाेगिक मेला ६० हजारले अवलाेकन गरेकाे संघका अध्यक्ष नवीन थापामगरले जानकारी दिए । अध्यक्ष मगरले मेलाका लागि प्राप्त हुने सहयाेग रकम संकलन गर्नै बाकी भएकाे बताए । अपेक्षित रकम संकलन गर्न सकेमा १ लाख भन्दा बढी नै नाफा हुने अपेक्षा रहेकाे बताए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस