बाजुराका आगलागी पीडितलाई एनआरएनएकाे आर्थिक सहयोग

बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको आगलागी पीडितहरूलाई गैर आवसीय नेपाली संघ (एनआरएनए) ले पाँच लाख सहयोग गर्नु भएकाे छ ।
एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले त्यस्तो निर्णय गरेको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए । उक्त सहयोग रकम आगलागी पीडित २० परिवारलाई जनही रु २५ हजारको दरले वितरण गरिने संघले जनाएको छ।
बैठकमा अध्यक्ष श्रेष्ठले संघले स्थापना गरेको आपत्कालीन कोषमा रु ५ लाख जम्मा गर्ने घोषणा गरे। उनले नेपालीहरूको सुख दु:खमा एनआरएनए सधैँ सँगसँगै रहने प्रतिबद्धता व्यक्त गरे । उक्त कोषमा सबै पदाधिकारीहरूले जनही रु एक – एक लाख जम्मा गर्ने बैठकले निर्णय गरेको छ ।
बुढीगंगा नगरपालिका ६ साफे-मार्तडी सडक खण्डमा पर्ने बाम्का बजारमा शुक्रवार दिउँसो आगलागी हुँदा दर्जनौँ पसलहरू जलेर ध्वस्त भएका छन् । स्थानीय एक होटेलमा ग्यास सिलिन्डर पड्केर आगलागी भएको थियाे ।
क्याटेगोरी : अर्थ, समाचार, समाज
ताजा अपडेट
- १ रसुवास्थित भोटेकोशीमा पुन: बाढी
- २ अचम्मित पार्ने घटना, एकै परिवारकाे १६ सदस्य बेपत्ता
- ३ गैर आवासीय नेपाली संघ मलेसियाकाे अध्यक्षमा महताे
- ४ अशक्त नागरिककाे घरमा आफै नागरिकता लिएर पुग्छन्, रामेछापका प्रजिअ थापा
- ५ काङ्ग्रेसद्वारा पहिराे पिडित किसानलाई हलगाेरु सहयोग
- ६ ४७ औँ पुष्पलाल स्मृतिमा रामेछापमा विविध कार्यक्रम
- ७ पालिका स्तरबाटै परिचयपत्र वितरण गर्दै, जिल्ला प्रशासन रामेछाप
- ८ जिल्ला प्रशासन रामेछापद्वारा ३४ लाख ९५ हजार राहत वितरण
प्रतिक्रिया दिनुहोस