बाजुराका आगलागी पीडितलाई एनआरएनएकाे आर्थिक सहयोग
बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको आगलागी पीडितहरूलाई गैर आवसीय नेपाली संघ (एनआरएनए) ले पाँच लाख सहयोग गर्नु भएकाे छ ।
एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले त्यस्तो निर्णय गरेको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए । उक्त सहयोग रकम आगलागी पीडित २० परिवारलाई जनही रु २५ हजारको दरले वितरण गरिने संघले जनाएको छ।
बैठकमा अध्यक्ष श्रेष्ठले संघले स्थापना गरेको आपत्कालीन कोषमा रु ५ लाख जम्मा गर्ने घोषणा गरे। उनले नेपालीहरूको सुख दु:खमा एनआरएनए सधैँ सँगसँगै रहने प्रतिबद्धता व्यक्त गरे । उक्त कोषमा सबै पदाधिकारीहरूले जनही रु एक – एक लाख जम्मा गर्ने बैठकले निर्णय गरेको छ ।
बुढीगंगा नगरपालिका ६ साफे-मार्तडी सडक खण्डमा पर्ने बाम्का बजारमा शुक्रवार दिउँसो आगलागी हुँदा दर्जनौँ पसलहरू जलेर ध्वस्त भएका छन् । स्थानीय एक होटेलमा ग्यास सिलिन्डर पड्केर आगलागी भएको थियाे ।
क्याटेगोरी : अर्थ, समाचार, समाज
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस