बिनुले अस्पताल जान गरिन अस्वीकार

रामेछाप – आइतबार देखि अनसनरत बिनुकाे स्वास्थ्य अवस्था बिग्रदै गएकाे छ । उनले स्वास्थ्य उपचारका लागि अस्पताल जान समेत अस्वीकार गरेकी छिन् ।
श्रीमानको घरमा बस्न पाउनुपर्ने माग राखेर जिल्ला प्रशासन कार्यालय रामेछापको गेटमा आइतबार देखि अनसन सुरु गरेकी बिनु यादवकाे स्वास्थ्यमा समस्या देखिन थालेकाे छ । उनकाे प्रेसर र सुगरकाे लेवल घटेकाे स्वास्थ्य परिक्षणमा आएएका मन्थली अस्पतालका स्वास्थ्यकर्मीले जानकारी दिएकाे छ । उनकाे स्वास्थ्य उपचारका लागि प्रशासन ,मानव अधिकारकर्मीहरुले अस्पताल जान आग्रह गरेका हाे । बिनुले भने आफ्नाे माग पूरा नभएसम्म अनसन स्थल नछाड्ने बताउदै उपचारका लागि अस्पताल जान अस्वीकार गरेकी हुन ।
बिनुले बुधबार जिल्ला प्रशासनलाई पत्र लेख्दै आफू श्रीमानकाे घरमा बस्न नपाउनुकाे चित्तबुझ्दाे जवाफ मागेकी थिइन । उनकाे पत्रकाे जवाफमा जिल्ला प्रशासन कार्यलय रामेछापकी प्रमुख अनिता निराैलाले बिनुलाइ लेखेकाे पत्रमा बिनुलाइ श्रीमानकाे घरमा राख्नका लागि उनकाे श्रीमानलाइ पटक- पटक आग्रह गर्दा पनि उनका श्रीमान प्रदिप कठायतले अस्वीकार गरेकाे कुरा उल्लेख गरिएकाे छ । जिल्ला प्रशासनले स्थानिय जनप्रतिनिधिकाे राेहबरमा बिनुलाइ घरमा राख्न आग्रह गर्दा उनकाे श्रीमान कठायतले उच्च अदालतकाे फैसला बिरुद्ध सर्वाेच्चमा मुद्दा हालेकाे र हाल साे मुद्दा विचाराधीन रहेकाे कारण देखाइ विबिनुलाई घरमा बस्नदिन अस्वीकार गरेकाे कुरा पत्रमा उल्लेख छ ।
त्यसैगरी बिनुलाई घरमा राख्नका लागि यता जिल्ला प्रशासन रामेछापलाई पनि सम्बन्धित अदालतले समेत यश सन्दर्भमा केहि लेखी नपाठाएका कारण बिनुलाई श्रीमानको घरमा बस्नका लागि प्रशासनले थप पहल गर्न नसकेकाे उल्लेख गरेकाे छ ।

यसैगरी हिजाे मानवअधिकारकर्मी, बार एसाेसिएसन , पत्रकार र स्थानिय लगाएतले अनसन स्थलमा शीत छल्नका लागि पाल टाग्न पहल गरेका थिए । पाल टाग्न पुगेका टाेलिलाई प्रशासनले कार्यालयकाे गेटमा पाल टाग्न नमिल्ने बताएपछि पाल नटागी टाेली फर्किएका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ सरकार बादर र बँदेल नियन्त्रणमा लागेकाे छ : राज्यमन्त्री तामाङ
- २ काम गर्नेहरूलाई हावादारि गफ गर्नेसँग तुलना नगराैं : उपप्रधानमन्त्री सिंह
- ३ प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्दै
- ४ हिमाल ढुङ्गेलकाे नेतृत्वमा रामेछापमा सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ (RTI) गठन
- ५ प्रेस चाैतारी रामेछापको अध्यक्षमा लेख बहादुर विक
- ६ सरस्वती पुजाका अवसरमा कालिदेवी आविमा विविध कार्यक्रम
- ७ मन्थली बचतले स्थापना दिवसमा १ सय सदस्यलाई दिए विद्युतिय चुलाे
- ८ शिक्षक संघद्वारा एसइइमा उत्कृष्ट अंक लाउन सफल १६ विषय शिक्षक सम्मानित
प्रतिक्रिया दिनुहोस