कांग्रेस नेता खड्काद्वारा विद्यार्थीलाई न्यानाे कपडा वितरण
रामेछाप – नेपाली कांग्रेसका नेता कमान खड्का (दिपेन्द्र ) ले २ सय विद्यार्थीलाई न्यानाे कपडा वितरण गरेका छन् । शुक्रबार खड्काले सुनापतिका विभिन्न ३ विद्यालयमा पुगेर कपडा वितरण गरेका हुन ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य एवं सुनापति गाउँपालिकाकाे अध्यक्षका प्रत्यासी समेत रहेका कांग्रेस नेता खड्काले चिसाे बढेसँगै बालबालिकालाई पठनपाठन समस्या हुदा चिसाका कारण पठनपाठन समस्या आउन नदिनका लागि सुनापति २ माध्यमिक विद्यालय मन्दर मेलचाैर , कालिदेवि आधारभुत विद्यालय पिपलथाेक र सुनापति ४ काे खाँडादेवि आधारभूत विद्यालयका गरि २ सय विद्यार्थीलाई न्यानाे कपडा प्रदान गरेका बताए ।

न्यानाे कपडा वितरण कार्यक्रम बाेल्दै स्थानीय कांग्रेस नेता नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि केशब चालिसेले गाउँपालिकाले मनाेमानि हिसाबले कुनै अध्ययन तथा पुर्व तयारी बिनानै विद्यालय मर्च गरेपछि अन्ययामा परेकाे मन्दन मेलचाैर माविकाे संरक्षण गर्नुपर्ने बताए । उनले उक्त विद्यालयलाई न्याय दिलाउन शिक्षक अभिभावक , विद्यार्थी र सम्पुर्ण स्थानीयलाई विद्यालयकाे संरक्षणमा लाग्न आग्रह समेत गरे ।
सुनापति गाउँपालिकाले केही समय अघि पुर्व तयारी विनानै मन्दर मेलचाैर माध्यमिक विद्यालयलाई मर्च गर्ने निर्णय गरेपछि मन्दर मेलचाैरका अभिभावक र स्थानियले पालिकाे निर्णय विरुद्ध सर्वाेच्चमा रिट जायर गरेका थिए । साे रिट परेपछि सर्बोच्चले विद्यालय संचालनका लागि आदेश दिएकाे थियाे ।

कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालकी केेन्द्रिय काेषाध्यक्ष सरस्वती रायमाझी,वडा अध्यक्ष ,शिक्षक तथा अभिभावकहरुकाे उपस्थिति रहेकाे थियाे ।
क्याटेगोरी : शिक्षा, समाज
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस