नवजागरण साकाेसकाे रजत वर्षमा जेष्ठ सदस्य सम्मानित
रामेछाप – नवजागरण बचत तथा ऋण सहकारी संस्थाले यस वर्ष रजत वर्ष मनाएकाे छ । सहकारी स्थापनाकाे २५ ओै वर्ष पूरा भएकाे अवसरमा शनिबार रजत वर्ष मनाएकाे हाे ।
रजत वर्षकाे अवसरमा सहकारीले एक औपचारिक कार्यक्रमका बिच सहकारीका ज्येष्ठ सदस्य , असल शेयर सदस्य ,असल ऋणी र असल बचत कर्ता हरूलाई सम्मान समेत गरेकाे छ । सम्मानित हुनेहरूमा ४ जना ज्येष्ठ सदस्य,३० जना असल शेयर सदस्यहरूलाई पनि सम्मान र पुरस्कार वितरण गरेकाे छ ।
रजत वर्ष तथा २५ ओै साधारण सभाको उद्घाघन समारोहमा कार्यक्रमका प्रमुख अतिथि तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले सबै सहकारीलाई नीति र विधिका आधारमा काम गर्न आग्रह गरेका छन् । कतिपय सहकारीहरुकाे नराम्रो समाचार सुनिरहेका बेला नवजागरणले भने राम्रो काम गरिरहेकाे भन्दै समाजको आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा समेत गरेका थिए ।
सहकारीले २५ वर्ष अघि साबिकको मन्थली गाविस टेकनपुरका २५ जना सदस्यहरूबाट सुरु गरेकाे उक्त सहकारीमा हाल ९ हजार २ सय ४९ जना शेयर सदस्य रहेका छ ।
उक्त संस्थाले गत आर्थिक वर्षमा १ करोड २६ लाख रुपैयाँ ८५ हजार तीन सय ४९ रुपैयाँ मुनाफा कमाउन सफल भएकाे छ ।
संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेल,जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जेएन दाहाल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे जिल्ला सहकारी सङ्घका महासचिव शिव राज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस