नवजागरण साकाेसकाे रजत वर्षमा जेष्ठ सदस्य सम्मानित
रामेछाप – नवजागरण बचत तथा ऋण सहकारी संस्थाले यस वर्ष रजत वर्ष मनाएकाे छ । सहकारी स्थापनाकाे २५ ओै वर्ष पूरा भएकाे अवसरमा शनिबार रजत वर्ष मनाएकाे हाे ।
रजत वर्षकाे अवसरमा सहकारीले एक औपचारिक कार्यक्रमका बिच सहकारीका ज्येष्ठ सदस्य , असल शेयर सदस्य ,असल ऋणी र असल बचत कर्ता हरूलाई सम्मान समेत गरेकाे छ । सम्मानित हुनेहरूमा ४ जना ज्येष्ठ सदस्य,३० जना असल शेयर सदस्यहरूलाई पनि सम्मान र पुरस्कार वितरण गरेकाे छ ।
रजत वर्ष तथा २५ ओै साधारण सभाको उद्घाघन समारोहमा कार्यक्रमका प्रमुख अतिथि तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले सबै सहकारीलाई नीति र विधिका आधारमा काम गर्न आग्रह गरेका छन् । कतिपय सहकारीहरुकाे नराम्रो समाचार सुनिरहेका बेला नवजागरणले भने राम्रो काम गरिरहेकाे भन्दै समाजको आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा समेत गरेका थिए ।
सहकारीले २५ वर्ष अघि साबिकको मन्थली गाविस टेकनपुरका २५ जना सदस्यहरूबाट सुरु गरेकाे उक्त सहकारीमा हाल ९ हजार २ सय ४९ जना शेयर सदस्य रहेका छ ।
उक्त संस्थाले गत आर्थिक वर्षमा १ करोड २६ लाख रुपैयाँ ८५ हजार तीन सय ४९ रुपैयाँ मुनाफा कमाउन सफल भएकाे छ ।
संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेल,जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जेएन दाहाल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे जिल्ला सहकारी सङ्घका महासचिव शिव राज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस