लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
रामेछाप – लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले सप्ताहव्यापी रूपमा विभिन्न जनचेतनामूलक तथा नियन्त्रणात्मक कार्यक्रम सञ्चालन गरेको छ।
“लागूऔषधको चुनौती चिनौँ, सामाजिक समाधानको बाटो खोजौँ” भन्ने नाराका साथ सञ्चालन गरिएको अभियान अन्तर्गत लागूऔषध सम्बन्धी कानुनी व्यवस्थाबारे समुदायस्तरमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा लागूऔषधको दुरुपयोगका असर, कानुनी व्यवस्था तथा यसको नियन्त्रणमा समुदायको भूमिकाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।

सप्ताहव्यापी अभियानका क्रममा जिल्लाका विभिन्न स्थानमा उम्रिएका गाँजाका बोट काटेर नष्ट गरिएको छ। अवैध रूपमा उत्पादन हुने गाँजालाई नियन्त्रण गर्दै लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्य गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी राजन तिमल्सिनाले जानकारी दिए ।

अभियानको अन्तिम दिन, लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। मन्थली नगरपालिका–१ स्थित विनिताचोकबाट सुरु भएको प्रभातफेरी कटरबोटसम्म पुगेर समापन गरिएको थियो।
प्रभातफेरी कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख , अन्य सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरोकारवाला निकायका पदाधिकारी, नेपाल रेडक्रस सोसाइटी रामेछापका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले लागूऔषधविरुद्धका सचेतनामूलक नारा अंकित प्लेकार्ड बोकेर समाजलाई लागूऔषधमुक्त बनाउन सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रामेछापले लागूऔषध नियन्त्रणका लागि कानुनी कारबाहीसँगै जनचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ। लागूऔषध नियन्त्रण सरकारी निकायको मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएकाले सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको छ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस