सुशासन कायम गर्न सुचनाकाे महत्त्वपूर्ण मूभिका रहन्छ : कानुन मन्त्री लामिछाने

रामेछाप – बागमती पदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सुशासन कायम गर्न सुचनाकाे महत्त्वपूर्ण भुमिका भएकाे बताए । बिहिवार रामेछापमा एक कार्यक्रममा बाेल्दै मन्त्री लामिछानेले सुचनाका कारण सुशासन कायम गर्न मद्दत पुगेकाे बताए ।
प्रदेश सुचना पुनरावेदन समिति बागमती प्रदेशले रामेछापमा आयाेजना गरेकाे सुचनाकाे हक प्रबर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री लामिछानेले सुचनाकाे महत्त्व दर्शाउदै अन्य व्यवस्थामा भन्दा लाेकतान्त्रमा सुचना हक बलियाे हुने र कार्यनयनमा आउने भएकाे सुशासन कायम गर्न सहयोग पुगेकाे बताए ।
मन्त्री लामिछानेले सुचनाले नै सत्यकाे नजिक पुग्न र सहि मार्गमा हिन्न सहयोग पुग्ने भएकाले काेही कसैले पनि सुचना दिदा गलत सुचना ,भ्रमपुर्ण सुचना र मित्थ्या सुचना दिएर दु:ख दिने र सुचनाकाे दुरुपयोग गर्ने कार्य नगर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पाैडेलले मागेकाे सुचनाहरु सहज रुपमा उपलब्ध गराउन पर्ने, जुनसुकै क्रियाकलाप पारदर्शि हुनु पर्ने बताए । त्यसै सन्दर्भमा प्रजिअ पाैडेलले रामेछाप जिल्लाले पनि छिटै अनलाइन प्रविधिबाट नागरिकता सिफारिस गर्ने तयारी गरिरहेकाे जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुले मागेकाे सुचना समयमा उपलब्ध
नभएकाे ,सुचना दिन आलटाल गर्ने गरेकाे सुचना मागकाे निवेदन दर्ता नगरिदिएकाे ,कार्यलयहरुले नियमित सुचना प्रकासन नगरेकाे,सार्वजनिक सुनुवाइ गर्न छाडेकाे लगाएतकाे गुनासाे गरेका थिए ।
कार्यक्रममा प्रदेश सुचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरि प्रसाद अधिकारी र मन्त्रालयकी उपसचिव मनुका घिमिरेले सुचनाकाे हक सम्बन्धि विकासक्रम,भएका प्रयासहरु, कानुनी व्यवस्था तथा सुचना माग गर्ने तरिका तथा विधिहरु लगाएतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयहरुका सुचना अधिकारी, स्थानिय तहका सुचना अधिकारी, वडा सचिव , पत्रकार, मानवअधिकारकर्मि र नागरिक समाजका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस