सुशासन कायम गर्न सुचनाकाे महत्त्वपूर्ण मूभिका रहन्छ : कानुन मन्त्री लामिछाने
रामेछाप – बागमती पदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सुशासन कायम गर्न सुचनाकाे महत्त्वपूर्ण भुमिका भएकाे बताए । बिहिवार रामेछापमा एक कार्यक्रममा बाेल्दै मन्त्री लामिछानेले सुचनाका कारण सुशासन कायम गर्न मद्दत पुगेकाे बताए ।
प्रदेश सुचना पुनरावेदन समिति बागमती प्रदेशले रामेछापमा आयाेजना गरेकाे सुचनाकाे हक प्रबर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री लामिछानेले सुचनाकाे महत्त्व दर्शाउदै अन्य व्यवस्थामा भन्दा लाेकतान्त्रमा सुचना हक बलियाे हुने र कार्यनयनमा आउने भएकाे सुशासन कायम गर्न सहयोग पुगेकाे बताए ।
मन्त्री लामिछानेले सुचनाले नै सत्यकाे नजिक पुग्न र सहि मार्गमा हिन्न सहयोग पुग्ने भएकाले काेही कसैले पनि सुचना दिदा गलत सुचना ,भ्रमपुर्ण सुचना र मित्थ्या सुचना दिएर दु:ख दिने र सुचनाकाे दुरुपयोग गर्ने कार्य नगर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पाैडेलले मागेकाे सुचनाहरु सहज रुपमा उपलब्ध गराउन पर्ने, जुनसुकै क्रियाकलाप पारदर्शि हुनु पर्ने बताए । त्यसै सन्दर्भमा प्रजिअ पाैडेलले रामेछाप जिल्लाले पनि छिटै अनलाइन प्रविधिबाट नागरिकता सिफारिस गर्ने तयारी गरिरहेकाे जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुले मागेकाे सुचना समयमा उपलब्ध
नभएकाे ,सुचना दिन आलटाल गर्ने गरेकाे सुचना मागकाे निवेदन दर्ता नगरिदिएकाे ,कार्यलयहरुले नियमित सुचना प्रकासन नगरेकाे,सार्वजनिक सुनुवाइ गर्न छाडेकाे लगाएतकाे गुनासाे गरेका थिए ।
कार्यक्रममा प्रदेश सुचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरि प्रसाद अधिकारी र मन्त्रालयकी उपसचिव मनुका घिमिरेले सुचनाकाे हक सम्बन्धि विकासक्रम,भएका प्रयासहरु, कानुनी व्यवस्था तथा सुचना माग गर्ने तरिका तथा विधिहरु लगाएतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयहरुका सुचना अधिकारी, स्थानिय तहका सुचना अधिकारी, वडा सचिव , पत्रकार, मानवअधिकारकर्मि र नागरिक समाजका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस