बृहत् रामेछाप महाेत्सब सम्पन्न

रामेछाप – रामेछाप जिल्लाकाे सदरमुकाम मन्थलीमा उद्योग बाणिज्य संघ रामेछापले आयाेजना गरेकाे बृहत रामेछाप महाेत्सब आइतबार सम्पन्न भएकाे छ । पाैष २६ गतेबाट सुरु भएकाे उक्त महाेत्सबकाे आइतबारसम्म संचालन भएकाे थियो ।
महाेत्सबकाे मापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद तथा नेपाली कांग्रेस रामेछापका सभापति पुर्णबहादुर तामाङ (कान्छारा) ले सबै हिसाबले महाेत्सब ऐतिहासिक भएकाे बताए । जिल्ला भएका धार्मिक , पर्यटकिय स्थल र यहाकाे उत्पादन र सुन्दरताकाे प्रचार कमी भएकाे भन्दै जिल्लामै टेफिभिजन आवस्यक रहेकाे बताए । उनले जिल्लाकाे एउटा स्थानमा भएकाे सुन्दरता ,उत्पादन र संभावना जिल्लाकाे अर्काे स्थानमा बस्नेले थाहा पाउनुपर्ने र त्यसका लागि टेलिभिजन आवस्यक पर्ने बताए ।
त्यसैगरि सांसद तामाङले जिल्लाकाे विकासमा सबै राजनितीक दल एक भएर लाग्नुपर्ने बताउदै विकासकाे काममा कसैलाई पनि अवराेध नगर्न आग्रह गरे ।
त्यसैगरी समापन समारोहमा पुर्व गृह राज्यमन्त्री श्याम श्रेष्ठ (कुसल) , पुर्व सांसद देवशंखर पाैडेल, प्रदेश सांसद आनन्द श्रेष्ठ ,विभिन्न राजनितीक दलका प्रतिनिधि , पत्रकार महासंघ लगाएतले धाराणा राखेका थिए ।
महाेत्सबमा जिल्लाका विभिन्न स्थानमा हुने कृषि उत्पादन लघु तथा साना घरेलु उत्पादनहरुलाई बिक्रीका लागि राखिएकाे थियाे भने जिल्लाका धार्मिक,पर्यटन ,कृषि तथा ओैधाेगित क्षेत्रकाे प्रवर्द्धनका लागि संभावनाहरु समेटिएकाे डकुमेन्ट्री समेत प्रस्तुत गरिएकाे थियाे । उक्त महाेत्सब ५५ हजार भन्दा धेरैले अवलोकन गरेकाे आयाेजकले जनाएकाे छन् ।
त्यसैगरी महाेत्सबमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु प्रमाेद खरेल, ज्याेति मगर,प्रिति आले,राजु परियार, प्रकास कटुवाल,रामकुमार नेपाली ,राेज माेक्तान , रामकुमार कार्की , सध्या सानू,बिवस बस्नेत लगाएतका ३ दर्जन भन्दा धेरै कलाकारहरुले प्रस्तुति राखेका थिए ।
क्याटेगोरी : मनाेरञ्जन, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस