पर्यटन प्रवर्द्धनका लागि पत्रकारकाे अवलोकन भ्रमण
रामेछाप – संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेशले पर्यटन प्रवर्द्धनका लागि पत्रकारलाई भ्रमण गराएकाे छ । प्रदेश अन्तर्गतका जिल्लाहरुमा रहेकाे पर्यटकीय क्षेत्रकाे प्रचारका लागि पत्रकारहरुलाइ अवलोकन भ्रमण गराइएकाे हाे ।
बागमती पर्देशका १३ जिल्लामा रहेकाे पर्यटकीय स्थलहरुकाे पहिचान गरि पर्यटन प्रवर्द्धनका लागि प्रचार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने ध्येयका साथ मन्त्रालयले पत्रकारलाई भ्रमण गराएकाे हाे । पर्यटन प्रवर्द्धनमा पत्रकारकाे महत्त्वपूर्ण भुमिका हुने भएकाले पर्यटकीय क्षेत्रकाे प्रचार गर्न र उक्त क्षेत्रलाई नागरिकको अार्थिक उन्नति र पर्देश सरकारकाे अार्थिक सम्वृद्विका लागि मन्त्रालयले पर्यटनलाइ जाेड दिएकाे छ । त्यस्ता स्थानहरुकाे खाेजी गरि प्रचार गर्न पत्रकारलाई भ्रमण गराएकाे मन्त्रालयका प्रशासशकीय अधिकृत रमेश पाैडेलले बताएका छन् ।
बागमती प्रदेश अनतर्गत पर्ने १३ जिल्लाका १६ जना पत्रकारहरु जेठकाे १७ गते देखि ३० गते सम्म विभिन्न जिल्लाका पर्यटकीय क्षेत्रकाे अवलाेकन गरेर फर्केका छन् । अवलाेकनका क्रममा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सुर्य सुवेदीले नेपाल प्राकृतिक सुन्तर्ताले भरिपुर्ण देश हाे हामिले याे।सुन्दर्तालाइ विश्वमा विकाउन सकेका छाैनाै । हामिले नेपालकाे सुन्दर्तालाइ विश्व बजारमा बिकाउन सके मात्र पनि नेपालकाे अार्थिक अवस्था टेवा पुग्ने बताए । त्यसैगरि महासंघ मकवानपुरका अध्यक्ष मणिराज गाैतमले नेपाल सरकारले पर्यटन क्षेत्रकाे प्रवर्द्धनका लागि पत्रकार भ्रमण गराएर राम्रो कामकाे सुरुवात गरेकाेमा खुसि ब्यक्त गर्दै उनले भने नेपाल यस्ताे देश हाे जहाँ नेपाल साैन्दर्यता हेर्न मात्र विश्वलाइ नेपाल तान्न सकिने प्रचुर सम्भावना भएता पनि प्रचारकाे अभावले हुन नसकेको बताए ।
भ्रमणमा सहभागी महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले नेपालकाे अार्थिक सम्वृद्वीका पहिलाे अाधार नै पर्यटन भएकाे हुदा सरकारले पर्यटन प्रवर्द्धनमा ध्यान दिनु पर्ने र त्यसका लागि बिशेष कार्ययाेजना बनाएर अघि बढ्नु।पर्ने बताए । त्यस्तै अर्का सहभागी महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले पर्यटनकाे प्रचुर संभावना बाेकेकाे बागमती प्रदेशले पर्यटन प्रवर्द्धनका लागि प्रचारकाे काम थालनी गरेर पत्रकारलाई भ्रमण गराएकाे छ उक्त कार्य सराहनीय भएकाे बताउदै उनले भने बागमती प्रदेशमा थुप्रै पर्यटकीय स्थलहरु छन तर भाैगाेलिक विकटता र प्रचारकाे अभावले त्यस्ता स्थानहरुमा पर्यटक पुर्याउन सकिएकाे छैन त्यसैले पर्यटन मन्त्रालयबाटै प्रचारकाे कामकाे थालनी गरेबाे छ । अाशा छ अब पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।
पर्यटन तथा संस्कृति मन्त्रालयकाे पत्रकार भ्रमणमा १३ जिल्ला पत्रकारहरु सहभागी थिए । भ्रमण मकवानपुरकाे हेटौंडा अर्थात प्रदेश राजधानीबाट सुरु गरेर सिन्धुलीकाे रामेछापको , दाेलखा, सिन्धुपाल्चोक हुँदै नुवाकोट सम्म भ्रमण अवलाेकन गरेका छन् । भ्रमणका क्रममा सिन्धुली गडीकाे युद्ध संग्राहलय , रामेछापको खाडादेवि मन्दिर , र सैलुङ डाडाकाे अवलाेकन गरेका छन् । त्यसैगरि सिन्धुपाल्चोककाे विभिन्न स्थानकाे अवलाेक गरेर नुवाकोट दरबार भ्यूटावरकाे अवलाेक गरेका छन । भ्रमणका क्रममा संभावित पर्यटकीय स्थलहरुकाे खाेजी गरि त्यस ठाउँको प्रचारका लागि अध्ययन गरिएकाे सहभागिता पत्रकारहरुले बताएका छन् । पर्यटनको प्रचुर संभावना भएकाले प्रदेश सरकारकाे पर्यटन प्रवर्द्धनमा विशेष ध्यान जानू पर्ने पनि सहभागी पत्रकारहरुले सझाव दिएका छन् ।
क्याटेगोरी : मनाेरञ्जन, समाचार
ताजा अपडेट
- १ रामेछाप नगर खेलकुद विकास समितिकाे संयाेजकमा कार्की नियुक्त
- २ सुशासन कायम गर्न सुचनाकाे महत्त्वपूर्ण मूभिका रहन्छ : कानुन मन्त्री लामिछाने
- ३ सरोकारवालाले अपनत्त्व लिने शिक्षा ऐन पारित गरिनुपर्छ : नैनसिंह महर
- ४ अपराधिक गतिविधिमा इन्स्पेक्टर तामाङको कडा निगरानी ठुलै परिणाममा ‘अवैध’ सुन बरामद
- ५ महासंघ रामेछापको बार्षिक साधारण सभा
- ६ नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति सर्वसहमतिमा चयन
- ७ धोवि बाट दुई दिन देखि वृद्ध बेपत्ता
- ८ यातायात समितिद्वारा मृतकका परिवारलाई रकम हस्तान्तरण
प्रतिक्रिया दिनुहोस