सकियाे सडक महाेत्सब:२० हजार भन्दा बढीले गरे अवलोकन
रामेछाप – नयाँ वर्षकाे अवसर पारेर उद्योग वाणिज्य संघ रामेछापले आयाेजना गरेकाे सास्कृतिक एंव सडक महाेत्सव सम्पन्न शनिबार सम्पन्न भएकाे छ । महाेत्सब २० हजार भन्दा बढिले अवलाेकन गरेकाे अनुमान गरिएकाे छ ।
महाेत्सब स्थानीय उत्पादन ,कला संकृति र पर्यटन प्रबर्द्धन गर्ने हेतुले आयाेजना गरिएकाे हाे । उक्त महाेत्सबकाे उत्घाटन गर्दै संघिय सांसद पुर्ण बहादुर तामाङ (कान्छाराम) ले जिल्लाकाे पर्यटन प्रबर्द्धन गर्न आवश्यक पर्ने कार्यक्रमहरु गर्दै गर्न आग्रह गर्दै कार्यक्रमका लागि आवस्यक पर्ने सबैखाले गर्दै सहयाेग गर्न तयार रहेकाे बताए ।
बैशाख १ र २ गते मन्थलीमा संचालन भएकाे महाेत्सबमा बजारकाे देवकोटा चाेकदेखि कृषि विकास बैंक सम्मकाे स्थानमा २५ वटा स्टलहरु राखिएकाे थियाे । स्टलमा स्थानिय उत्पादनमा आधारित खानेकुराहरुकाे परिकार तथा सामानहरु बिक्री वितरण तथा प्रदर्शनका लागि राखिएकाे थियाे ।
यसरीनै महाेत्सबमा स्थानिय आदिवासीहरु माझी,नेवार , तामाङ , सुनुवार,हायु लगाए विभिन्न जातजातिहरुकाे झाकी प्रस्तुत गरिएकाे थियाे । विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य तथा गायन कला प्रस्तुत गरेका थिए । त्यसैगरि कार्यक्रममा लाेक गाएक प्रकाश कटुवाल ,कुमार कार्कि, रामकुमार पाैडेल,गाएक गुणराज श्रेष्ठ लगाएत जिल्लाका कलाकाहरुकाे प्रस्तुति रहेकाे थियाे । विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य तथा गायन कला प्रस्तुत गरेका थिए ।
शनिबार सम्पन्न भएकाे महाेत्सबकाे समापन कार्यक्रम बाेल्दै जिल्ला समन्वय समितिका प्रमुख चिना कार्कीले यस्ता किसिमकाे कार्यक्रम बेला बेला गरिरहनु पर्ने बताईन् । यसरी जिल्लामा हुने कार्यक्रमले स्थानिय उत्पादनकाे प्रचार गर्न र पर्यटन प्रर्यटनलाई आकर्षण गर्न सहयाेग पुग्ने बताइन् ।
कार्यक्रमका अवसरमा बागमती प्रदेश सांसद आनन्द श्रेष्ठ, जिल्ला समन्वय समितिका उप–प्रमुख प्रेम सागर थापा, मन्थली नगर प्रमुख लव श्रेष्ठ, रामेछाप नगर प्रमुख लव श्री न्यौपाने,पत्रकार महासंघ अध्यक्ष बद्री नयाँघरे, गैसस महासंघ अध्यक्ष रत्न कडेल लगाएत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु समेतले आ- आफ्नो मन्तव्य राखेका थिए ।
महाेत्सव उद्योग बाणिज्य संघ रामेछापका अध्यक्ष नवीन थापा मगरकाे अध्यक्षता भएकाे थियाे । महाेत्सबमा आकलन गरिएकाे भन्दा बढी दर्शक भएकाे र व्यापार अनुमान गरेकाे भन्दा बढि नै भएकाे आयाेजकले जनाएकाे छ । महाेत्सबका लागि मन्थली नगरपालिका ,रामेछाप नगरपालिका साथै अन्य पालिकाहरु र विभिन्न व्यवासायीहरुकाे संघ संस्थाकाे सहयाेग गरेका थिए ।
क्याटेगोरी : मनाेरञ्जन, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस