दीपेन्द्रको निर्देशनमा स्वस्तिकाको डेव्यु ‘करिमै’को–गगन थापाले गरे प्रशंसा
काठमाडौं – निर्देशक दीपेन्द्र प्रकाश केसीको निर्देशनमा तयार पारिएको तीज विशेष गीत ‘करिमै’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
टिका पुनको जादुमय आवाज र मोडेल स्वस्तिका गिरिको जीवन्त अभिनय रहेको म्यूजिक भिडियोको एक कार्यक्रमका बीच पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको हातबाट सार्वजनिक गरिएको हो ।
दर्जनौं म्यूजिक भिडियोको निर्देशन गरिसकेका केसीको यो म्यूजिक भिडियो मार्फत स्वस्तिकाले डेव्यू गरेकी हुन् । तिज विशेष उपहारको रुपमा सार्वजनिक म्यूजिक भिडियोेले सवैको मन जित्ने गरी जीवन्त अभिनय सहित तयार गरिएको भन्दै महामन्त्री थापाले म्यूजिक भिडियो टिमको प्रशंसा गरे ।
उनले भने,‘छोरी चेलीको वेदनालाई बोलेको यो गितको जति ओजनदार शव्द छ । मोडल स्वस्तिकाको जीवन्त अभिनयले उत्तिकै न्याय दिएकाले सवैटिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु ।’
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले दिपेन्द्रको निर्देशनमा थुप्रै गितहरु बजारमा आएपनि यो म्यूजिक भिडियो अलि पृथक बनेर आएको भन्दै निर्देशक केसीको प्रशंसा गरे ।
पद्मकन्या क्याम्पसकी स्ववियु सभापति भुपी ऐरले मोडल स्वस्तिकाको अभिनयले मन छोएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘स्वस्तिका हामी संगै अध्ययन गर्ने सहकर्मी साथि पनि हुन् । निकै चच्चल स्वभावका उनको नख्रा देखेर हामीलाई लागेको थियो यति जीवन्त अभिनय गर्न सकिनन् होलि । तर, आज उनले हामी सबैको साथिहरुका मन जित्न सफल भएकी छन् ।’
राजधानी काठमाडौं वरपरका मनोरम दृश्यहरूसँग छायांकन गरिएको म्युजिक भिडियोलाई छोरीचेलीले माइती घरमा बिताएका भावनात्मक क्षणहरू र विवाहपछिको मार्मिक अनुभूतिलाई समेटेर तयार गरिएको छ ।
सयौं म्युजिक भिडियोको छायाङ्कन र सम्पादन गरिसकेका ओम प्रसाईंको मेहनतलाई भिडियोमा देख्न सकिने निर्माण पक्षको भनाई छ । ‘करिम’को सहनिर्देशन भने सञ्जिला सुमित्राले गरिकी हुन् ।
म्यूजिक भिडियोमा कलाकारहरु देवी भण्डारी, जुली कोइराला, पदमराज अवस्थी, राजेन्द्र थापा, कुलबहादुर ओली, चेतना प्रसाईं र गिताञ्जली योगी लगायतलाई देख्न सकिन्छ ।
क्याटेगोरी : मनाेरञ्जन, समाचार
ताजा अपडेट
- १ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- २ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ३ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त
- ४ पिङ्खुरीका पुर्व वडाअध्यक्ष सहित ठुलाे संख्यामा एमाले परित्याग गर्दै कांग्रेस प्रवेश
- ५ टाेल – टाेलमा आयुर्वेद सेवा
- ६ रामेछापका कांग्रेस उमेदवार रामचन्द्रले सुरु गरे डिजिटल सुझाव संकलन’
- ७ निर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायाे नेताहरू
- ८ नापी कार्यालय रामेछापको सेवा प्रवाहमा नयाँ अभ्यास, सेवाग्राहीले आफ्नाे आफै हेर्न सक्ने















प्रतिक्रिया दिनुहोस