भोली डुङ्गा दौड हुने
रामेछाप । सुनकोशीमा भोली डुङ्गा दौड प्रतियोगिता हुदैछ । रामेछाप र सिन्धुली जिल्लाको सिमा भएर बग्ने सुनकोशी नदीमा उक्त प्रतियोगिता संचालन हुन लागेको हो ।
मन्थली नगरपालिकाको सहयोगमा राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको उक्त प्रतियोगितामा रामेछाप सिन्धुली लगाएत देशभरका २० जिल्लाका माझी हरुले भाग लिदैछन् । प्रतियोगिता एकल ( २ जना राखेर ) र डबल (४ जना राखेर ) र डबल खेल समावेश गरीएको छ । बर्षामास भएकाले सुनकोशीको भेलमा एक्लै डुङ्गा चलाउन नसक्ने कुरालाई वुझेर उक्त व्यवस्था गरिएको हो ।
प्रतियोगिताको स्थानीय व्यवस्थापन जिल्ला खेलकुद विकास समिति र माझी उत्थान संघ रामेछापले गरेको छ । सिमलको मुडालाई खोपेर वनाइएको परम्परागत डुङ्गाबाट सुनकोशी वारपार गराउन लागिएको हो । सुनकोशीको पूर्वि किनारबाट पश्चिमी किनार सम्म पुगेर त्याहा रहेको माछा हाल्ने फुर्लुङ हालेर फेरी पूर्वि किनारमा फर्केपछि प्रतियोगिता समाप्त हुनेछ ।
सुनकोशी र तामाकोशीको संगम स्थान भन्दा केहि तल प्रतियोगिता गराउन लागिएको हो । उक्त स्थानमा दुई वटा हिमनदी मिसिएकोले पानिको वहाव तिव्र छ । तिव्र पानीको वहावलाई पर्वाह नगरी सवैभन्दा चाडो सिधै ढुङगा वारपार गर्ने टोलीले प्रथम स्थान हासिल गर्नेछ । भेलमा पानी सगैं डुङ्गा वग्ने हुदा वारीपारि गर्ने सिमा अधिकतम ७५ मिटर कायम गरीएको छ । उक्त दुरी भित्र रहेर डुङ्गा वारपार गराउन नसक्नेले पुरस्कारको लागि भागिदार हुन पाउदैनन ।
डबल तर्फ प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमस ३० हजार २० हजार र १० हजार पुरस्कारको व्यवस्था छ । त्यसैगरी एकल तर्फ प्रथम द्धितिय र तृतिय हुनेलाई २० हजार १५ हजार र १० हजार पुरस्कार रहेको छ ।
माझीको परम्परागत पेशा डुङ्गा तार्ने भएपनि नदीमा पुल निर्माण पश्चात उक्त व्यवसाय संकटमा परेको थियो । आयोजकले स्थानीय परम्परागत ढुंगा खोजेर उक्त परम्परालाई जगेर्ना गर्ने कोशिश गरेका छन् । यसले माझीको संस्कृति, पेशा र सीपलाई संरक्षण र प्रर्बद्धन गर्ने आयोजकको दावि रहेको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्नेछन् ।
क्याटेगोरी : खेलकुद, मनाेरञ्जन, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस