• काेसिस न्यूज
  • गणतन्त्र दिवसका अवसरमा जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण फुटबल


    रामेछाप – गणतन्त्र दिवसकाे अवसरमा जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण फुटबल खेल भएकाे छ । दिवसकाे अवसरमा आयाेजित मैत्रीपूर्ण खेल नागकन्या माविको खेल मैदान भएकाे हाे ।

    गणतन्त्र दिवस मुल आयाेजक समिति रामेछापले आयाेजना गरेकाे मैत्रीपुर्ण फुटबल खेलमा जनप्रतिनिधिकाे टिमकाे नेतृत्व जिल्ला समन्वय समितिकाे प्रमुख चिना खड्काले गरेकी थिइन् भने कर्मचारीकाे टिमकाे प्रमुख जिल्ला अधिकार श्यामकृष्ण थापाले नेतृत्व गरेका थिए ।

    खेलमा सहभागी हुँदै समन्वय प्रमुख चिना खड्काले खेल अत्यन्त रमाइलाे भएकाे र यस्ता किसिमकाे कार्यक्रमले मानिसलाई सिर्जशिल बनाउने बताईन् ।

    त्यस्तै प्रजिअ श्याकृष्ण थापाले खेलले मनाेरञ्जन प्रदान गर्नुका साथै स्वस्थ्य रहन मद्दत गर्ने भएकाले यसरी समय- समयमा खेलकाे कार्यक्रम पनि गर्नुपर्ने बताए ।

    खेलमा जनप्रतिनिधिकाे टिमलाई कर्मचारीकाे टिमले ९-१ ले हराउदै कर्मचारीकाे टिम बिजयी भएका छन् ।


    क्याटेगोरी : खेलकुद, समाचार

    प्रतिक्रिया दिनुहोस