नमुनादीप कप’को उपाधि लिखुतामाकोशीलाई
रामेछाप – ‘नमुनादीप कप’ को उपाधि लिखु तामाकोशी गाउँपालिका रामेछापले उचालेको छ । बुधबार अरुणोदय मावि सैपुमा लिखु गाउँपालिका ‘ए’ ओखलढुंगालाई ३–१ को सेटमा पराजित गर्दै लिखु तामाकोशीले ‘नमुनादीप कप’को उपाधि हात पारेको हो ।
पहिलो सेट १९–२५ अंकमा हारेको लिखु तामाकोशीले लगातार २५–२१ ,२५–२१,२५–२२ ल्याउँदै विजयी भएको आयोजक नमुनादीप युवा क्लबका अध्यक्ष राजन बस्नेतले जानकारी दिए । मंगलबार दुवै टिमले २–२ सेट जितेका थिए । तर, बाँकी खेल खेलाउनका लागि अँध्यारो भएपछि बुधबार खेलाइएको हो ।
प्रतियोगिताको विजेता टोली लिखु तामाकोशीले १ लाख १ हजार ५ सय र उपविजेता बनेको लिखुले ७५ हजार ५ सय नगदसहित शिल्ड, मेडल पाएको सहसचिव निरज पौडेलले जानकारी दिए । उनका अनुसार दशौं संस्करणको नमुनादीप कपमा गोकुलगंगा गाउँपालिका रामेछापले तृतीय स्थान हासिल गरेको छ । मंगलबार लिखु पिके गाउँपालिका सोलुखुम्बुलाई सोझो सेटमा पराजित गर्दै गोकुलगंगा तृतीय भएको हो । तेस्रो हुने टोलीले शिल्डसहित ५० हजार ५ सय प्राप्त गरेको छ ।
विधागतरुपमा लिखु तामाकोशी गाउँपालिकाका विशाल ढुंगेल (बेस्ट स्पाइकर),सागर तामाङ (बेस्ट लिब्रो), रोशन मगर (सर्वोकृष्ट), लिखु ओखलढुंगाका युवराज श्रेष्ठ (उत्कृष्ट सेटर) र गोकुलगंगाका विवेक कार्की (बेस्ट ब्लकर) बने । उनीहरुले नगद ३ हजारसहित शिल्ड प्राप्त गरे ।
प्रतियोगिताका लागि एमाले नेता रत्न गौतमले सबैभन्दा धेरै दुई लाख रुपैयाँ सहयोग गरेका थिए । पालिकास्तरीय प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सघाउने र लिखु क्षेत्रमा खेल पर्यटन विकास गर्न भलिबल आयोजना गरेको क्लबले जनाएको छ । क्लबले विभिन्न दाताहरुसँग रकम संकलन गरेर प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा रामेछाप, ओखलढुंगा, सोलुखुम्बु र दोलखा जिल्लाका १२ टिम सहभागी थिए। प्रतियोगितामा लिखु गाउँपालिकाबाटै ३ टिम दर्ता भएका थिए ।
यसैबीच क्लबले बुधबार बिहान भएको टग अफ वार प्रतियोगितामा अरुणोदय मावि विजयी भएको छ । लिखु गाउँपालिकालाई हराउँदै अरुणोदय माविको टिम विजयी भएको हो । टग अफ वारका विजेताले २० हजार र उपविजेता टोलीले १० हजार नगदसहित शिल्ड पाए ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस