• काेसिस न्यूज
  • रामेछाप कपकाे उपाधि आयाेजक टिम दिपशिखाकाे पाेल्टामा


    रामेछाप – रामेछापको मन्थलीमा संचालन भएकाे तेस्रो रामेछाप कपकाे उपाधि आयाेजककाे टिमकाे पाेल्टामा परेकाे छ । बिहिवार सम्पन्न कपकाे उपाधि आयाेजक टिम दिपशिखा ब्वाइज युनाइटेड् क्लबले प्राप्त गरेकाे हाे ।

    दिपशिखा व्याइज युनाइटेड क्लबले मन्थलीमा आयाेजना गरेकाे तेस्राे रामेछाप कप असाेज ५ गतेबाट ८ गते सम्म संचालन भएकाे थियाे । उक्त तेस्रो रामेछाप कपकाे उपाधि आयाेजक टिमले नै प्राप्त गर्न सफल भएकाे छ । करम्बोट खेल मैदानमा संचालन भएकाे खेलमा जिल्ला प्रहरी कार्यालय रामेछापकाे टिमसँग २–० गोल निकालेर आयोजक टिम दिपशिखाले उपाधि हात पार्न सफल भएकाे हाे ।

    जितको लागि दिपशिखाले पहिलो हाप्प अगाडि १ गोल गरेको थियो । हापटाइम पछि थप १ गोल थपेको थियो । केही राम्रो अवसर बनाए पनि  डिपिओ रामेछापले जबाफी गोल गर्न सकेन ।

    प्रामेछाप कपकाे उपाधि प्राप्त गर्ने टिमलाई ३ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ भने उपविजेतालाई २ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । फाइनल खेलमा प्रवेश नगर्ने टिमलाई ५०–५० हजार प्रलान गरिएकाे छ। साथै खेलमा म्यान अफ दि म्याच (प्रत्येक खेलमा), बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट खेलाडी, सर्वाधिक गोल कर्तालाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिएकाे छ ।


    क्याटेगोरी : खेलकुद, समाचार

    प्रतिक्रिया दिनुहोस