आजबाट रामेछापमा १२ ओैं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै
रामेछाप – रामेछाप जिल्ला खेलकुद विकास समितिकाे आयाेजनामा १२ ओै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट मन्थलीमा सुरु हुँदै छ । प्रतियोगिता आज माघ २८ गतेबाट ३० गते सम्म संचालन हुनेछ ।
प्रतियोगितामा विभिन्न ६ वटा विधाहरुमा खेल संचालन हुनेछ । विभिन्न विधाका खेलमा जिल्लाका ८ वटै स्थानिय तहहरुबाट खेलाडीहरु भाग लिने आयाेजकले जनाएको छ ।
प्रतियोगिताका लागि संचालन हुने खेलहरुमा भलिबल, कबड्डी,एथलेटिक्स ,कराते,तेक्वान्दो र उषु रहेकाे खेलकुद समितिका अध्यक्ष सिताराम कार्कीले जानकारी दिए ।
प्रतियोगितामा प्रथमलाई नगद ३० हजार, द्वितीयलाई २० हजार र तृतीय हुनेलाई १० हजार पुरस्कारकाे व्यवस्था रहेकाे छ । प्रतियोगितामा विभिन्न विधामा गरि ६६ वटा स्वर्ण पदक रहेकाे छ ।
त्यस्तै मार्चपासका प्रतियोगितालाई प्रथम हुनेलाई १० हजार ,द्वितीयलाई ७ हजार र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने छ । उक्त पुरस्कार उत्घाटन सत्रमा नै वितरण गरिने
अध्यक्ष कार्कीले जानकारी दिए ।
खेल आज बिहान ७ बजेदेखि सुरु भएकाे छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस