आजबाट रामेछापमा १२ ओैं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै
रामेछाप – रामेछाप जिल्ला खेलकुद विकास समितिकाे आयाेजनामा १२ ओै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट मन्थलीमा सुरु हुँदै छ । प्रतियोगिता आज माघ २८ गतेबाट ३० गते सम्म संचालन हुनेछ ।
प्रतियोगितामा विभिन्न ६ वटा विधाहरुमा खेल संचालन हुनेछ । विभिन्न विधाका खेलमा जिल्लाका ८ वटै स्थानिय तहहरुबाट खेलाडीहरु भाग लिने आयाेजकले जनाएको छ ।
प्रतियोगिताका लागि संचालन हुने खेलहरुमा भलिबल, कबड्डी,एथलेटिक्स ,कराते,तेक्वान्दो र उषु रहेकाे खेलकुद समितिका अध्यक्ष सिताराम कार्कीले जानकारी दिए ।
प्रतियोगितामा प्रथमलाई नगद ३० हजार, द्वितीयलाई २० हजार र तृतीय हुनेलाई १० हजार पुरस्कारकाे व्यवस्था रहेकाे छ । प्रतियोगितामा विभिन्न विधामा गरि ६६ वटा स्वर्ण पदक रहेकाे छ ।
त्यस्तै मार्चपासका प्रतियोगितालाई प्रथम हुनेलाई १० हजार ,द्वितीयलाई ७ हजार र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने छ । उक्त पुरस्कार उत्घाटन सत्रमा नै वितरण गरिने
अध्यक्ष कार्कीले जानकारी दिए ।
खेल आज बिहान ७ बजेदेखि सुरु भएकाे छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस