सांस्कृतिक कलाकार समाजद्वारा पत्रकार श्रेष्ठ सम्मानित
रामेछाप – सांस्कृतिक कलाकार समाज रामेछापले पत्रकार सुमित श्रेष्ठलाई सम्मान गरेको छ । शनिबार समाजकाे कल्याणकारी कोष स्थापनाको अवसरमा पत्रकार श्रेष्ठलाई सम्मान गरेकाे हाे ।
रामेछापको कला सस्कृतिकाे संरक्षण , प्रबर्द्धन तथा जगेर्ना गर्नका लागि पत्रकारीता मार्फत उल्लेख्य भुमिका खेलेकाे भन्दै समाजले पत्रकार श्रेष्ठलाई सम्मान गरेकाे छ । लामाे समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहदै आएका श्रेष्ठ हाल ए पी वान टेलिभिजनमा जिल्ला सम्वाददाताकाे रुपमा कार्यरत छन् भने जिल्ला स्थित अक्षता दैनिक र हाम्राे अनलाइनमा कार्यरत रहेका छन् ।
श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले सम्मानपत्रद्धारा सम्मान गरेका थिए । सम्मानित श्रेष्ठले रामेछापको कला ,संस्कृति, साहित्य र सिर्जनाकाे सम्बर्द्धन गर्नका लागि सधै आफ्नाे कलम चलिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
क्याटेगोरी : मनाेरञ्जन, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस