• काेसिस न्यूज
  • रामेछाप कांग्रेसले राजनारायणलाई संझिदै मनायाे मेलमिलाप दिवस


    रामेछाप – नेपाली कांग्रेस रामेछापले नेता राजनारायण श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्दै मेलमिलाप दिवस मनाएकाे छ । श्रेष्ठको फाेटाेमा माल्यार्पण पछि माैनधारण गरि श्रद्धाञ्जली दिएर कार्यक्रममा उनको संझना गरिएको थियाे ।

    नेपाली कांग्रेस रामेछापले ४८ ओैं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस गाेकुलगंगा ६ फर्पुमा सम्मान तथा अन्तरक्रिया गरि मनाएकाे छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि हरिशरण नेपालीले विपिकाे मेलमिलापको सिद्धान्तलाई समायानुकुल बनाउदै लैजानुपर्ने बताए । विपिले त्याेबेलामा जे कुरामा जसरी मेलमिलापकाे नीति लिएका थिए साे नितिलाई अहिलेकाे अवस्था र आवस्यकताकाे आधारमा परिस्कृत गर्दै मेलमिलापकाे निति अगाल्नुपर्ने धाराणा राखे ।उनले कार्यक्रममा हामी एकले अर्कालाई हराउन नलाग्ने हाे र पार्टी हितका निम्ति सबै कांग्रेस एकजुट हुने हाे भने गठबन्धनकाे आवस्यकता नै नपर्ने बताए ।

    यसैगरी कार्यक्रममा नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापति लवश्री न्याैपानेले राष्ट्रियताका निम्ति जस्ताेसुकै दुस्मनसँग जुध्न तयार हुन्छ तर कसैसँग झुक्दैन भन्ने इतिहास बनाउन सफल पार्टी कांग्रेस भएकाे भन्दै कांग्रेस सिधै शिर उठाएर काम गर्छ र कसैकाे शिर झुक्न दिदैन भन्दै उनले कांग्रेस हुनमा गर्व गर्नुपर्ने बताए ।

    त्यस्तै नेपाली कांग्रेस प्रदेश समिति सदस्य उज्वलराम घिमिरे विपिकाे राष्ट्रिय एकता तथा मेलमिलापकाे यात्राकाे स्मरण गर्दै आजपनि नेपालमा स्थिर सरकार बन्न नदिन र नेपालकाे समृद्धिमा राेकावट विभिन्न शक्तिहरुले चलखेल गरिरहेकाे भन्दै त्यस्ता शक्ति विरुद्ध राष्ट्रिय शक्ति एक हुनुपर्ने आवस्यकता दर्शाए ।

    कार्यक्रममा नेपाल ट्रेड युनियनका पुर्व सचिव डिबि अर्याल नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि ध्रुबहरि झपडराज भण्डारी , नरबहादुर थापामगर ,नेपाली कांग्रेस प्रदेश सभा (क) रामेछापका सभापति निराेज खड्का , लिखु तामाकाेसीका अध्यक्ष केशब महत, गाेकुलगंगाका अध्यक्ष काजिबहादुर खड्का, रामेछापकि उपप्रमुख बाला कार्की, गाेगुलगंगा गाउपालिका उपाध्यक्ष उषा कार्की , गाेकुलगंगा ६ का अध्यक्ष चन्द्र सुनुवार , जिल्ला कार्यसमिति सदस्य सिताराम कार्की ,तरुणदल केन्द्रीय सदस्य , दिपेन्द्र खड्का,नेविसंघ केन्द्रीय सदस्य उत्तम कार्की , धिरज खत्री ,नेपाल विद्यार्थी संघ रामेछापका सभापति विनाेध बुढाथोकी र प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठ लगाएले शुभकामना राखेका थिए ।

    त्यसैगरी कार्यक्रम स्थानिय स्वर्गीय गजेन्द्र खड्काकाे धर्मपत्नी निर्मला खड्का र स्थानिय अग्रज नेता पुर्व वडा सभापति इन्द्र बहादुर खड्कालाई पार्टीमा गरेकाे याेगदानकाे उच्च कदर गर्दै सम्मानपत्र साथै दाेसल्ला ओडाएर सम्मान गरिएकाे नेपाली कांग्रेसका सचिव दिपक खड्काले जानकारी दिए ।

    कार्यक्रम नेपाली कांग्रेस रामेछापकाे सभापति पुर्णबहादुर तामाङकाे अध्यक्षता भएकाे थियाे भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीकाे प्रमेख आतिथ्यतामा भएकाे थियाे ।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस