बागमती प्रदेशकै उत्कृष्ट मन्थलीकाे नवजागरण
रामेछाप – जिल्लाको सदरमुकाम मन्थलीमा रहेकाे नवजागरण बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशकै उत्कृष्ट संस्था घोषणा भएको छ । आइतबार काठमाडौंमा भएकाे एक कार्यक्रममा बागमती प्राेस्कुनले उक्त सहकारीलाई उत्कृष्ट घाेषणा गरेकाे हाे ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को ५ औं स्थापना दिवस तथा चौथो वार्षिकोत्सव अवसरमा आज आयोजित कार्यक्रममा बागमती प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा नवजागरण साकोस घोषित भएको हो ।
बागमती प्रोस्कूनले आगामी साधारण सभामा नवजागरणलाई उत्कृष्ट संस्थाको रुपमा अवार्ड प्रदान गर्नेछ ।
२०८१ साउन ११ गतेसम्म संस्थामा ९ हजार ८ सय ७२ जना सदस्य आवद्ध छन् । ४ करोड ४८ लाख २४ हजार ८ सय सेयर पुँजी रहेको नवजागरणको जगेडा कोषमा ६ करोड ४७ लाख ६२ हजार ४ सय ८५ रुपैयाँ छ ।
संस्थाको अन्य कोषमा ६६ लाख ७ हजार, कुल बचत ५८ करोड ५३ लाख, लगानी ३९ करोड ३५ लाख रहेको छ । त्यस्तै संस्थागत पुँजी ६ करोड ६२ लाख र कुल सम्पत्ती ७४ करोड ७४ लाख रहेको छ । ७ सय २७ जनालाई कर्जा प्रवाह गरेको नवजागरण साकोसमा कुल १४ जना कर्मचारी कार्यरत छन् । संस्थासँग ६ करोड ४५ लाख तरलता छ भने २४ करोड ६७ लाख वित्तीय लगानी गरेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस