बागमती प्रदेशकै उत्कृष्ट मन्थलीकाे नवजागरण
रामेछाप – जिल्लाको सदरमुकाम मन्थलीमा रहेकाे नवजागरण बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशकै उत्कृष्ट संस्था घोषणा भएको छ । आइतबार काठमाडौंमा भएकाे एक कार्यक्रममा बागमती प्राेस्कुनले उक्त सहकारीलाई उत्कृष्ट घाेषणा गरेकाे हाे ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को ५ औं स्थापना दिवस तथा चौथो वार्षिकोत्सव अवसरमा आज आयोजित कार्यक्रममा बागमती प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा नवजागरण साकोस घोषित भएको हो ।
बागमती प्रोस्कूनले आगामी साधारण सभामा नवजागरणलाई उत्कृष्ट संस्थाको रुपमा अवार्ड प्रदान गर्नेछ ।
२०८१ साउन ११ गतेसम्म संस्थामा ९ हजार ८ सय ७२ जना सदस्य आवद्ध छन् । ४ करोड ४८ लाख २४ हजार ८ सय सेयर पुँजी रहेको नवजागरणको जगेडा कोषमा ६ करोड ४७ लाख ६२ हजार ४ सय ८५ रुपैयाँ छ ।
संस्थाको अन्य कोषमा ६६ लाख ७ हजार, कुल बचत ५८ करोड ५३ लाख, लगानी ३९ करोड ३५ लाख रहेको छ । त्यस्तै संस्थागत पुँजी ६ करोड ६२ लाख र कुल सम्पत्ती ७४ करोड ७४ लाख रहेको छ । ७ सय २७ जनालाई कर्जा प्रवाह गरेको नवजागरण साकोसमा कुल १४ जना कर्मचारी कार्यरत छन् । संस्थासँग ६ करोड ४५ लाख तरलता छ भने २४ करोड ६७ लाख वित्तीय लगानी गरेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस