स्थानिय उत्पादनको बजारीकरण तथा प्रबर्धनका लागि मन्थलीमा हाटबजार सुरु

रामेछाप – जिल्ला कृषी सहकारी संघ रामेछापको पहलमा कृषकहरुद्धारा उत्पादीत वस्तुहरुको बजारीकरण तथा प्रबर्धनका लागि मन्थलीमा हाट बजार सुरु गरेको छ ।संघले समन्वय समितिको पछाडिको खेल मैदानमा बुधाबार स्टलहरु राखेर हाट बजार सुरु गरेको छ ।
जिल्लामा भएका उत्पादनलाइ जिल्लामा नै खपत गराउन, उत्पादकलाइ बजारीकणमा सहजीकरण गर्न र उत्पाकलाइ प्रोत्साहन र प्रबर्धन गर्नका लागि उक्त बजारको धारणा अघि बढाएको कृषी सहकारी संघका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरि पौरखी कृषी बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुन्दर घिमिरेले किसानको उत्पादनले प्रयाप्त बजार नपाउने र उत्पादन गरेको बस्तु बिक्री गर्ने उपयुक्त स्थान नपाएको देखेर हाट बजारको व्यवस्था मिलाइएको बताए ।
त्यस्तै अर्का समाजिक अभियान्ता विपिन भट्टराईले उत्पादन गर्याै बेच्नका लागि बजार पाइदैन, बजारमा लगेर बेच्दा पनि उपयुक्त मूल्य पाइदैन भन्ने किसानहरुको भनाइ उदृत गर्दै उनले भने यो हाट बजारले उत्पादले उत्पादन गरेको बस्तु उत्पादकसँग नै उपभोक्तालाइ किन्न सक्ने वातावरण सिर्जना भएको बताए ।
त्यसैगरी हाटबजारमा आफ्नो उत्पादन विक्री गर्न आएका हिरालाल श्रेष्ठले हाटबजार दैनिक रुपम संचालन गरेमा आफ्नो उत्पादनलाइ दैनिक रुपमा विक्री गर्न पाइने ,उत्पादन खेर नजाने साथै अन्य बजार खोज्नु नपर्ने बताए । त्यसैगरि अर्का कृषक सरिता ढुंगेलले यसरी हाट बजारको व्यवस्था नियनित रुपमा संचालन भएमा बजार खोज्दै हिड्नु नपर्ने बताइन् । त्यसैगरी अर्का एक श्यामकाजी माझीले यसरी बजारको व्यवस्था हुदा थोरै–थोरै उत्पादन गर्नेले पनि आफुले उपभोग गरेर बढी भएको उत्पादनलाइ बिक्री गर्न सहज हुने बताए।
उक्त हाट बजारमा जिल्लाका विभिन्न स्थानबाट आफ्नो उत्पादन बिक्रीका लागि ल्याएका थिए । बजारमा आज पहिलो दिन उत्साहजनक रुपमा उत्पादक र उपभोक्तको उपस्तिथि रहेको थियो । उपभोक्ता पनि पसलमा भन्दा हाटमा ताजा सामान लिन पाएकोमा खुसी थिए । यस्तो किसिमको स्थानिय उत्पादनलाइ प्राथमिकता दिएर ,उत्पादकलाइ प्रोत्साहन र बजार व्यवस्थापनका लागि स्थानिय निकायले थप ध्यान दिन सके अझ कृषी उत्पादनमा बढोत्तरी हुन सक्छ ।
क्याटेगोरी : अर्थ, समाचार, समाज
ताजा अपडेट
- १ सरकार बादर र बँदेल नियन्त्रणमा लागेकाे छ : राज्यमन्त्री तामाङ
- २ काम गर्नेहरूलाई हावादारि गफ गर्नेसँग तुलना नगराैं : उपप्रधानमन्त्री सिंह
- ३ प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्दै
- ४ हिमाल ढुङ्गेलकाे नेतृत्वमा रामेछापमा सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ (RTI) गठन
- ५ प्रेस चाैतारी रामेछापको अध्यक्षमा लेख बहादुर विक
- ६ सरस्वती पुजाका अवसरमा कालिदेवी आविमा विविध कार्यक्रम
- ७ मन्थली बचतले स्थापना दिवसमा १ सय सदस्यलाई दिए विद्युतिय चुलाे
- ८ शिक्षक संघद्वारा एसइइमा उत्कृष्ट अंक लाउन सफल १६ विषय शिक्षक सम्मानित
प्रतिक्रिया दिनुहोस