रामेछापको राज्मा प्याकेजिङ गरिदै
रामेछाप – रामेछाप नगरपालिका ५ रामपुरमा उत्पादन गरिएकाे राज्मालाई प्याकेजिङ गरेर बजारमा ल्याउने तयारी भएकाे छ । सगरमाथा कृषि तथा पशुपालन सहकारी संस्था रामपुरले रामेछापमा उत्पादित राज्माकाे प्याकेजिङ गरेर बजारमा पठाउने तयारी गरेकाे हाे ।
उक्त सहकारीले सियास र आर्या नामक संस्थासँग सहकार्यमा रामपुरमा उत्पादन भएको राज्मालाई ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित बजार पठाउने तयारी गरिएको सहकारीका अध्यक्ष भिम बहादुर तामाङले जानकारी लिए ।
स्वास्थ्यका हिसाबले उपभाेगका लागि निकै उपयुुक्त मानिने राज्मालाई रामेछापकाे रामपुरमा उत्पादन भएकाे हाे भन्ने छुट्टै पहिचान सहित ब्रान्डिङ गरेर बजारमा पठाउने अध्यक्ष तामाङले बताए ।
रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नगरपालिकाकाे उत्पादन ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ गरेर बजारमा पठाउने कुराले निकै खुशी लागेको बताए
पालिकाकाे सबै वडामा विभिन्न किसिमकाे गेडागुडी उत्पादन गर्न सकिने त्यसका लागि सबै वडा नै पकेट क्षेत्र भएकाले बिस्तारै रामेछापकाे उत्पादनलाई विश्व बजार सम्म पुर्याउन पालिका पहल गर्ने बताएका छन् । यसरी स्थानिय उत्पादनलाई बजारिकरण गर्न सकेमा नगरकाे समृद्धिमा समेत टेवा पुग्ने बताए ।
रामपुरमा उत्पादन भएकाे उक्त राज्मा चार घरे ब्राण्ड मार्फत बजारमा पुग्ने छ । हाल १ केजी र ५ सय ग्रामको प्याकेजिङ गरेर बजारमा पठाइएकाे छ ।
यसरी आफ्नाे उत्पादन ब्रान्डिङ गरेर प्याकेटमा विभिन्न बजारहरुमा पुग्ने भएपछि किसानहरु हर्सित भएका छन भने उपयुक्त मूल्य पाउनेमा पनि विस्वस्त छन् ।
क्याटेगोरी : अर्थ, समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस