शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
काठमाडौं — मातृभाषा संरक्षण र प्रवर्द्धनमा जीवन समर्पित गरेका शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको निधन भएको छ। मुस्ताङ भ्रमणका क्रममा सुतिरहेकै अवस्थामा सोमबार बिहान (चैत २३) हृदयघातबाट उनको निधन भएको हो।
अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल लैजाने क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको पार्थिव शरीर सोमबार मध्यरात काठमाडौं ल्याइएको थियो।
भाषासेवी, शिक्षाविद् तथा नेपालभाषा आन्दोलनका अग्रणी व्यक्तित्व चित्रकार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालका ससुरा दाइ समेत हुन्। उनको मंगलबार बिहान जगत सुन्दर ब्वनेकुथिमा अन्तिम श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो।
श्रद्धाञ्जली कार्यक्रममा एमाले नेता सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र राजेकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य, मल्ल के सुन्दर, डा. महेशमान श्रेष्ठ, युवा नेता सुमन साय्मी, नेवाः देय् दबूकी अध्यक्ष रश्मिला प्रजापति, पूर्वअध्यक्ष पवित्र बज्राचार्य तथा डा. चुन्दा बज्राचार्यलगायतले पुष्पगुच्छा अर्पण गर्दै उनको योगदानको स्मरण गरेका थिए।
एक सन्तानका पिता चित्रकारका परिवारमा पत्नी विध्या चित्रकार छन्। उनको मंगलबार नै शोभा भगवतीस्थित कर्णदीपमा नेवाः परम्पराअनुसार अन्त्येष्टि गरिएको थियो।
नेवाः आन्दोलनका अग्रज, नेपाल संवत्का अभियन्ता, आदिवासी नेवाः राजनीतिक अभियानका संस्थापक सदस्य तथा जगत सुन्दर ब्वनेकुथिका संस्थापक चित्रकारले नेपाल लिपि युनिकोड दर्ताका लागि समेत महत्वपूर्ण योगदान दिएका थिए।
उनको निधनले नेपालभाषा तथा नेवाः समुदायमा ठूलो क्षति पुगेको बताइएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- २ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ३ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ४ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ५ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ६ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ७ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ८ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास















प्रतिक्रिया दिनुहोस