गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
रामेछाप — रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले नागरिकलाई गुनासोरहित सेवा प्रदान गर्नु नै सरकारको मुख्य उद्देश्य रहेको बताएका छन्।
उमाकुण्ड गाउँपालिकामा बुधबार आयोजित सेवा प्रवाहसम्बन्धी सचेतना कार्यक्रममा बोल्दै उनले सबै तहका सरकारी निकायले नागरिकमैत्री सेवा दिनुपर्नेमा जोड दिए। “नागरिकको गुनासो नआउने गरी सेवा प्रदान गर्नु नै हाम्रो उद्देश्य हो,” उनले भने। केसीले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय भए सेवा प्रवाह सहज हुने र नागरिकले अपेक्षा गरेअनुसार काम छिटोछरितो रूपमा सम्पन्न हुने उल्लेख गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले समन्वय, सहकार्य र सहअस्तित्वको भावना आत्मसात् गर्न सके नागरिकका अपेक्षा पूरा गर्न सकिने बताए।
गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले संघीय सरकारले ल्याउने नयाँ नीति तथा परिमार्जित नियमबारे स्थानीय तहमा समयमै जानकारी नपुग्दा काम गर्न कठिनाइ हुने गरेको गुनासो गरिन्। स्पष्ट निर्देशिका अभावले सेवा प्रवाहमा समस्या आउने गरेको उल्लेख गर्दै उनले यस्ता सचेतनामूलक कार्यक्रमलाई नियमित बनाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाबारे नायब सुब्बा लक्ष्मण भुजेलले जानकारी दिएका थिए। उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले पनि आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाबारे जानकारी गराए। त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन तिमल्सिनाले सुरक्षा निकायबाट प्रदान गरिने सेवाबारे जानकारी दिएका थिए।
कार्यक्रममा स्थानीय नागरिक, विद्यार्थी, उपभोक्ता तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस