रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या छ पुगेको छ। साेमबार डा.अरनिको पाँडेले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेसँगै नाम फिर्ता लिनेकाे संख्या ६ पगेकाे हाे ।
बदलिएको राजनीतिक परिस्थितिमा समानुपातिक बन्दसूचीमा रहिरहनु उपयुक्त नलागेको उल्लेख गर्दै डा. पाँडेले उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । गएराति बसेको रास्वपा बैठकमा उनले उमेदवारीबाट नाम फिर्ता लिने कुरा पार्टीलाई जानकारी गराएका थिए ।
डा: पाँडेले सामाजिक सञ्जाल फेसबुकमार्फत् पछिल्लो समय विकसित राजनीतिक अवस्थालाई मध्यनजर गर्दै समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नहरेकाे उल्लेख गर्दै उनले केन्द्रीय समितिकाे बैठकमा आफ्नाे नाम हटाउने निर्णय सुनाएकाे जनाएका छन् ।
यसअघि रास्वपाका समानुपातिक उमेदवारकाे बन्द सुचिबाट नाम फिर्ता लिनेहरुमा आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन प्रस्तोता आसिफ साह,सचिन ढकाल र प्राध्यापक महेन्द्र लावती रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस