मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
काठमाडाैं – रामेछाप जिल्लाको मन्थली नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका घोषणा गरिएको छ। नेपालका नगरपालिकाहरूको प्रतिनिधि संस्था नेपाल नगरपालिका संघले मन्थलीलाई उत्कृष्ट नगरपालिका घाेषणा गर्दै सम्मान गरेकाे हाे ।
संघकाे ३३ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मन्थली नगरपालिकालाई ‘उत्कृष्ट नगरपालिका घाेषणा गर्दै उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ बाट मन्थलीलाई सम्मान प्रदान गरेकाे छ । आर्थिक वर्ष २०८१/८२ मा स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो।
देशभरका नगरपालिकाहरूको अध्ययन, सर्वेक्षण तथा समग्र मूल्याङ्कनपछि मन्थली नगरपालिकालाई उत्कृष्टको रूपमा छनोट गरिएको हो। नेपाल नगरपालिका संघले संस्थागत विकास,सेवा प्रवाह, वित्तीय सुशासन र स्थानीय आर्थिक विकास जस्ता सूचकका आधारमा मूल्याङ्कन गर्दै उत्कृष्ट नगरपालिका छनोट गर्ने गर्दछ।
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ लाई सम्मानपत्र तथा दोसल्ला प्रदान गरेका थिए।
सम्मान प्राप्तिपछि नगर प्रमुख लव श्रेष्ठले यस उपलब्धिलाई केवल पुरस्कार नभई नगरबासीको विश्वास र मेहनतको सम्मान भएको बताएका छन् । उनले भने, “यो सम्मान हाम्रो टिमको निरन्तर प्रयास,पारदर्शी काम र जनताको सक्रिय सहभागिताको परिणाम हो। हामीले सुरु गरेका विकासका योजना अझै अघि बढाउने प्रेरणा यसले दिएको छ।”
उनले थपे, “मन्थलीलाई नमूना नगरपालिका बनाउने हाम्रो लक्ष्य अझ बलियो भएको छ। रोजगारी सिर्जना, कृषि र पर्यटन प्रवर्द्धनसँगै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै हामी अगाडि बढ्नेछौं। नगर प्रमुख श्रेष्ठले यस उपलब्धिलाई सबै जनप्रतिनिधि, कर्मचारी तथा नगरबासीको साझा सफलता भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस