देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
नेपाली कांग्रेसकाे विशेष महाधिवेशनको पक्षमा विभिन्न जिल्लाहरुमा हस्ताक्षर गर्ने र फिर्ता गर्ने क्रम चलिरहेको छ ।
शुक्रबार साझस्म बागमती प्रदेशका जिल्लाहरुबाट ५० प्रतिशत भन्दा बढीले हस्ताक्षर गरेका छन् ।
संस्थापन पक्षबाट प्रतिनिधिहरूलाई हस्ताक्षर नगर्न दबाब सिर्जना गरेपनि बागमतीका १३ जिल्लामा प्रतिशतका आधारमा सबैभन्दा बढी हस्ताक्षर चितवनमा भएको छ भने सबैभन्दा कम दोलखाबाट भएको पाइएको छ ।
सबैभन्दा धेरै चितवन जिल्लाकाे ७५ प्रतिनिधिमा ६३ जना र दोलखामा २५ प्रतिनिधिमा ७ जनाले मात्र विशेष महाधिवेशनकाे पक्षमा हस्ताक्षर गरेका छन्। ।
त्यसैगरी धादिङमा ३८,रसुवामा २१, सिन्धुपाल्चोकमा २८, रामेछापमा १६, नुवाकोटमा २९, काभ्रेपलाञ्चोकमा ३१,
सिन्धुलीमा ३३ ललितपुरमा ३० र मकवानपुरबाट २५ जनाले विशेषको पक्षमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै ३०० प्रतिनिधि रहेको काठमाडौँबाट १६१ जना विशेषको पक्षमा छन् भने भक्तपुरमा २६ जनाले हस्ताक्षर गरेकोमा पाँच जनाले फिर्ता लिएको जानकारी गराएका छन्
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस