रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
रामेछाप – रामेछाप उद्योग बाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी भएका छन् । शुक्रबार सम्पन्न संघकाे निर्वाचनमा प्रकाश विजयी भएका हुन् ।
संघकाे अध्यक्षमा ९३२ मत सहित प्रकाश विजयी भएकाे हाे । उनकाे प्रतिस्पर्धी कुमार श्रेष्ठले ४०३ मत प्राप्त गरेका छन् । संघकाे जम्मा मतदाता १ हजार ६ सय ९८ रहेकाेमा १ हजार ३ सय ६२ ले मतदान गरेका थिए । उक्त मत मध्ये २७ मत बदर भएकाे निर्वाचन समितिले जनाएकाे छ ।
अध्यक्षमा निर्वाचित प्रकाश कुमार श्रेष्ठ यसअघि संघकाे बरिष्ठ उपाध्यक्ष पदकाे भूमिकामा थिए ।
संघकाे अन्य पधाधिकारी तथा सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए ।निर्विरोध निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा आकाश रिजाल,वाणिज्य उपाध्यक्षमा सुरेश उदास ,उद्योग उपाध्यक्ष राम सुदिश साह ,महासचिव यज्ञ प्रसाद सुवेदी ,सचिव सिताराम लोहार ,काेषाध्यक्ष झनक बहादुर बुढाथोकी “उत्तम”, रहेका छन्न ।
त्यसैगरी आजीवन सदस्य बासुदेव फुयाल,महिला सदस्य मन्जु माझी,एसाेसिएट सदस्य टिकाराज आरन , सदस्यहरुमा श्याम क. श्रेष्ठ , राजु श्रेष्ठ विजय ,किशोर पौडेल ,सरोज कुमार तामाङ र देवचन्द्र कठेत रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस