पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम
रामेछाप – नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा महासंघ रामेछाप शाखाले विभिन्न कार्यक्रम गरेकाे छ । दिवसका अवसरमा शाखाले रक्तदान कार्यक्रम , बिरामीहरूलाई फलफूल वितरण र दीप प्रज्वलन गरेका छन् ।
नेपाल पत्रकार महासंघ रामेछाप शाखाको आयोजनामा सोमबार बिहान मन्थलीस्थित देवकोटा चोकमा रक्तदान कार्यक्रम गरिएको थियाे । उक्त कार्यक्रममा पत्रकारसहित १२ जनाले रक्तदान गरेका थिए ।
त्यस्तै मन्थलीमा रहेकाे विभिन्न अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएकाे थियाे भने साँझ महासंघकाे भवन अगाडि दीपप्रज्वलन गरेर दिवस मनाइएकाे शाखा अध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।
बिस्वस्निय ,जिम्मेवार, उत्तरदायी र निष्पक्ष पत्रकारितालाई स्थापित र नागरिकसँग जाेड्न दिवसकाे अवसरमा यस्ता कार्यक्रम गरिएकाे अध्यक्ष घिमिरेले बताए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस