प्रथम नेविसंघ कप भाेलीदेखि रामेछापमा हुँदै
रामेछाप – नेपाल विद्यार्थी संघ रामेछापकाे आयाेजनामा प्रथम नेविसंघ कम भाेलिदेखि मन्थलीमा संचालन हुने भएकाे छ । नेविसंघ कप अनतर्गत बागमती प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियाेगिता मन्थलीमा हुने भएकाे हाे ।
उक्त प्रतियोगितामा प्रदेश भित्रका सबै जिल्लाले भाग लिन पाउने छन् । एक जिल्लाबाट एक समूहले मात्र भाग लिन सक्नेछन् । भने भाग लिने जिल्लाकाे खेलाडी साेही जिल्लाकाे नै हुनुपर्ने नेविसंघ रामेछापका अध्यक्ष विनाेद बुढाथोकीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समुहलाई २ लाख , दाेस्राे हुने समुहलाई १ लाख ५० हजार, तेस्राे हुनेलाई १ लाख नगद सहित सिल्ड ,मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् । त्यस्तै सान्त्वना हुने समुहलाई नगद ५० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बुढाथोकीले बताए ।
त्यस्तै कार्यक्रममा विभिन्न विद्यालयहरुबाट स्काउट मार्चमासकाे कार्यक्रम समेत रहेकाे छ। मार्चमासमा प्रथम हुनेलाई १० हजार , दितिय हुनेलाई ७ हजार र तृतीय हुनेलाई ५ हजार पुरस्कार प्रदान गरिने छ भने मार्चपासमा सहभागी हुने समुहलाई ३ – ३ हजार प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागी हुनका लागि शनिबार दिउसाे सम्ममा ९ वटा समुह सम्पर्कमा आएकाे छ । प्रतियोगिता असाेज २८,२९ र ३० गते जिल्ला समन्वय समितिसँगैकाे खेल मैदानमा हुनेछ । उक्त खेलकाे उत्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री बाहादुर सिंह लामाले गर्ने कार्यक्रम रहेकाे नेविसंघ रामेछाप अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् ।
क्याटेगोरी : खेलकुद, समाज
ताजा अपडेट
- १ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- २ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ३ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ४ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ५ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ६ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ७ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ८ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा












प्रतिक्रिया दिनुहोस