किसानकाे उत्पादन बजार पुर्याएर बिक्री गर्न सहयोग गरेकाे भन्दै दुई युवा सम्मानित
रामेछाप – रामेछाप नगरपालिका वडा नम्बर ७ ले किसानहरूले उत्पादन गरेकाे कृषि उपज सामाग्रीहरु संकलन गरेर बजार पुर्याएर बिक्रीका लागि सहयाेग गरेकाे भन्दै दुई युवालाई नगद सहित सम्मान गरेकाे छ ।
वडाकाे आर्थिक वर्ष २०८१-८२ काे दास्राे चाैमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बिक्रम हायू र बिक्रम हायूलाई नगद रु ३ हजार प्राेत्साहन सहित सम्मानपत्रद्वारा सम्मान गरेकाे छ ।
रामेछाप नगरपालिकाका किसानहरूले उत्पादन गरेकाे कृषि उपज सामग्रीहरु किसानकाे घरमै पुगेर संकलन गरि बजार विभिन्न बजारहरुमा पुर्याएर बिक्री गरि किसानकाे आय आर्जन वृद्धिका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे भन्दै वडाले सम्मान गरेकाे वडा अध्यक्ष तथा नगर प्रवक्ता समीर कार्कीले जानकारी दिए ।
सम्मानित युवाहरुलाई नगरपालिकाकि उपप्रमुख बालकुमारी कार्की, प्रशासकीय प्रमुख भाेला प्रसाद चापागाईंले र वडा अध्यक्ष समीर कार्कीले अबिर , खादामाला र नगद सहित सम्मानपत्र प्रदान गरि सम्मान गरेका थिए ।
वडाले आफ्नाे कर्मकाे उच्च मुल्यांकन गरेर सम्मान गरेकाेमा आभार प्रकट गर्दै सम्मानित युवा बिक्रम हायूले भने वडा अध्यक्षले नागरिककाे हितमा काम गरेकाे र नागरिककाे जनचाहनालाई बुझेर अघि बढेकाे भन्दै अध्यक्ष कार्कीकाे प्रसंसा गरे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस