किसानकाे उत्पादन बजार पुर्याएर बिक्री गर्न सहयोग गरेकाे भन्दै दुई युवा सम्मानित
रामेछाप – रामेछाप नगरपालिका वडा नम्बर ७ ले किसानहरूले उत्पादन गरेकाे कृषि उपज सामाग्रीहरु संकलन गरेर बजार पुर्याएर बिक्रीका लागि सहयाेग गरेकाे भन्दै दुई युवालाई नगद सहित सम्मान गरेकाे छ ।
वडाकाे आर्थिक वर्ष २०८१-८२ काे दास्राे चाैमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बिक्रम हायू र बिक्रम हायूलाई नगद रु ३ हजार प्राेत्साहन सहित सम्मानपत्रद्वारा सम्मान गरेकाे छ ।
रामेछाप नगरपालिकाका किसानहरूले उत्पादन गरेकाे कृषि उपज सामग्रीहरु किसानकाे घरमै पुगेर संकलन गरि बजार विभिन्न बजारहरुमा पुर्याएर बिक्री गरि किसानकाे आय आर्जन वृद्धिका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे भन्दै वडाले सम्मान गरेकाे वडा अध्यक्ष तथा नगर प्रवक्ता समीर कार्कीले जानकारी दिए ।
सम्मानित युवाहरुलाई नगरपालिकाकि उपप्रमुख बालकुमारी कार्की, प्रशासकीय प्रमुख भाेला प्रसाद चापागाईंले र वडा अध्यक्ष समीर कार्कीले अबिर , खादामाला र नगद सहित सम्मानपत्र प्रदान गरि सम्मान गरेका थिए ।
वडाले आफ्नाे कर्मकाे उच्च मुल्यांकन गरेर सम्मान गरेकाेमा आभार प्रकट गर्दै सम्मानित युवा बिक्रम हायूले भने वडा अध्यक्षले नागरिककाे हितमा काम गरेकाे र नागरिककाे जनचाहनालाई बुझेर अघि बढेकाे भन्दै अध्यक्ष कार्कीकाे प्रसंसा गरे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस