पत्रकार हत्या विरुद्ध रामेछापमा पनि विराेध सभा
रामेछाप – एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजककाे राजावादी आन्दोलनकारीहरुले लगाएको आगाेमा परि मृत्यु भएपछि त्यसको बिरोधमा नेपाल पत्रकार महासंघले देशभर विराेध सभा गरेकाे छ ।
आन्दोलनकारीले पत्रकारलाई जिउँदै जलाएकाे र बिभिन्न मिडिया हाउसहरुमा आक्रमण गरेकाे भन्दै महासंघले आज देशभर विरोध सभा गरेकाे हाे ।
आन्दोलनमा परि पत्रकार रजककाे ज्यान गएपछि महासंघले स्थापना दिवसका अवसरमा तय गरेका पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेकाे छ । नेपाल पत्रकार महासङ्घले शनिवार ७० औँ स्थापना दिवस मनाउने कार्यक्रम रहेको थियो ।
शुक्रवार काठमाडौँको तीनकुने स्थित राजावादीहरूको प्रदर्शनमा पत्रकार सुरेश रजकको मृत्यु भएपछि महासंघले विरोधका कार्यक्रम गरेकाे हाे । महासघंको केन्द्रिय समितिकाे जारि गरेकाे सुचनाकाे अनुसार रामेछापमा पनि बिरोध कार्यक्रम गरिएको छ ।
महासंघले पत्रकार र मिडिया हाउसकाे रक्षा गर्न, प्रेस स्वतन्त्राकाे ग्यारेन्टी गर्न ,प्रेस माथिकाे आक्रमण बन्द गर्न माग गर्दै विराेध सभा गरेका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस