महिला दिवसमा सुनापतिका ५० उद्यमी महिला सम्मानित
रामेछाप – ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुनापति गाउँपालिकाले पालिकाका ५० जना सफल महिला उद्यमीलाई सम्मान गरेको छ। विहिबार एक कार्यक्रममा पालिकाले पालिका भरिका सफल उद्यमी महिलालाई सम्मान गरेकाे हाे ।
महिला दिवसकाे अवसर पारेर पालिकाले विभिन्न क्षेत्रमा सक्रिय उद्यमी महिलाहरूलाई उत्प्रेरणा तथा प्रोत्साहन स्वरुप उनीहरुलाई सम्मान गरेको हाे । सम्मानित हुने उद्यमी महिलाहरु कृषि, पशु, माहुरी पालन, गलैंचा बुनाइ, हस्तकला लगाएतकाे क्षेत्रमा कार्यरत हुन । यसरी आफ्नै गाउँमा उद्यम गरेर स्वराेजगार हुनुका साथै रोजगारी सिर्जना गरेर आर्थिक समृद्धि तथा स्थानीय उत्पादनकाे प्रवर्द्धन गरेर महत्वपूर्ण भूमिका खेलेकाे भन्दै पालिकाले उनिहरुलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभा सदस्य धर्मशिला चापागाईंले महिलाहरु आफ्नेै सीप ,क्षमता र मेहनतले स्वरोजगार बन्न सफल भएकाेमा खुसि व्यक्त गर्दै जसका कारण आर्थिक समृद्धिमा योगदान पुगेकाे बताईन् । यसरी सफल भएका महिलाहरुकाे लागि पालिकाले सधै उत्प्रेरणा दिनु पर्ने बताइन् ।
त्यस्तै गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्न गाउँपालिकाले आगामी दिनमा थप योजना ल्याउने बताए । महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागि पालिका सधै सहयाेग गर्न तयार रहेकाे बताए ।
पालिका उपाध्यक्ष गीता विष्टले उद्यमी महिलाहरूलाई उद्योग संचालन गर्न आवस्यक पुजी , सीप तथा बजारका लागि पालिकाले सहजिकरण गरेर सहयोग गर्ने बताईन् ।
त्यस्तै उद्यमशीलताको विकास र सम्बर्द्धनका लागि आगामी वर्षहरुमा थप सहयाेग गर्दै जाने पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ जानकारी दिए ।
सम्मानित महिलाहरूले पनि गाउँपालिकाले गरेको सम्मानप्रति खुसी व्यक्त गर्दै भविष्यमा आफ्नो व्यवसायलाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले उत्पादन भएका बस्तुहरुका लागि उचित बजार व्यवस्थापन गर्न अनुराेध गरे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस