पहिरो पिडितलाई गाउँपालिकाले आर्थिक सहयोग गर्ने
रामेछाप – गोकुलगंगा गाउँपालिकाको पहिरोमा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयाेग उपलब्ध गराउने भएकाे छ । पालिकाकाे आकस्मिक रुपमा शनिबार बसेकाे बैठकले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हाे ।
पालिकाकाे वडा नम्बर ६ फर्पुका बिहीबार पहिराेमा परि एकै घरका ३ जनाकाे ज्यान गएपछि पालिकाले आकस्मिक बैठख बाेलाएर पिडित परिवारलाई जनही ६५ हजारका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेकाे साेही वडाका वडा अध्यक्ष एंव पालिकाका प्रवक्ता चन्द्रबहादुर सुनुवारले जानकारी दिए । सुनुवारका अनुसार मृतकका परिवारलाई जनही काजकिरियाका लागि १५ हजार र ५० हजार राहत स्वरुप सहयोग उपलब्ध गराउने भएकाे छ ।
उक्त घटना प्रति पालिकाले दु:ख व्यक्त गर्दै मृतकलाई श्रद्धाञ्जली अर्पण गरेकाे छ भने परिवार प्रति समवेदना प्रकट गरेकाे छ ।
पिडित परिवारलाई यसअघि जिल्ला विपद व्यवस्थापन समितिले प्रति मृतक २ लाख ५० हजार , संघिय सांसद पुर्ण बहादुर तामाङले जनही १० हजार र विभिन्न संघसंस्थाहरुले आवस्यक खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराएका छन् ।
गत बिहीबार वर्षासँगै आएको पहिरोमा परि फर्पुका विमान तामाङको घर पुर्दा घरमा रहेकी विमानकी छोरी १८ वर्षीय सिता तामाङ तथा नातिनीहरू १५ वर्षीय लक्ष्मी र १३ वर्षीय आसिकाे मृत्यु भएकाे थियाे ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस