पहिरो पिडितलाई गाउँपालिकाले आर्थिक सहयोग गर्ने
रामेछाप – गोकुलगंगा गाउँपालिकाको पहिरोमा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयाेग उपलब्ध गराउने भएकाे छ । पालिकाकाे आकस्मिक रुपमा शनिबार बसेकाे बैठकले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हाे ।
पालिकाकाे वडा नम्बर ६ फर्पुका बिहीबार पहिराेमा परि एकै घरका ३ जनाकाे ज्यान गएपछि पालिकाले आकस्मिक बैठख बाेलाएर पिडित परिवारलाई जनही ६५ हजारका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेकाे साेही वडाका वडा अध्यक्ष एंव पालिकाका प्रवक्ता चन्द्रबहादुर सुनुवारले जानकारी दिए । सुनुवारका अनुसार मृतकका परिवारलाई जनही काजकिरियाका लागि १५ हजार र ५० हजार राहत स्वरुप सहयोग उपलब्ध गराउने भएकाे छ ।
उक्त घटना प्रति पालिकाले दु:ख व्यक्त गर्दै मृतकलाई श्रद्धाञ्जली अर्पण गरेकाे छ भने परिवार प्रति समवेदना प्रकट गरेकाे छ ।
पिडित परिवारलाई यसअघि जिल्ला विपद व्यवस्थापन समितिले प्रति मृतक २ लाख ५० हजार , संघिय सांसद पुर्ण बहादुर तामाङले जनही १० हजार र विभिन्न संघसंस्थाहरुले आवस्यक खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराएका छन् ।
गत बिहीबार वर्षासँगै आएको पहिरोमा परि फर्पुका विमान तामाङको घर पुर्दा घरमा रहेकी विमानकी छोरी १८ वर्षीय सिता तामाङ तथा नातिनीहरू १५ वर्षीय लक्ष्मी र १३ वर्षीय आसिकाे मृत्यु भएकाे थियाे ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस