• काेसिस न्यूज
  • महिला उद्यमीलाई नेतृत्व विकास तालिम


    रामेछाप – महिला उद्यमी संघ रामेछापले महिला उद्यमीका लागि नेतृत्व क्षमता विकास तालिम प्रदान गरेकाे छ । संघले जिल्लाका ३० जना उद्यमी महिलालाई तालिम प्रदान गराएकाे हाे ।

    रामेछापकाे सदरमुकाम मन्थलीमा रहेकाे उद्योग बाणिज्य संघकाे हलमा संचालन भएकाे ३ दिन नेतृत्व क्षमता विकास तालिम साेमबार सम्पन्न भएकाे छ । साे तालिम समापन कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले स्थानीय उत्पादनलाई नगरले प्राेत्साहन गर्ने र उत्पादित बस्तुहरुकाे बिक्री बितरणका लागि बजार व्यवस्थापनमा नगरले सहयाेग गर्ने बताए । त्यसैगरी महिलाहरु पेशाप्रति इमानदार , मेहनती र संवेदनशील हुने भएकाले उद्यम गर्ने महिलाहरुका लागि नगरले आवस्यक सहयाेग उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गरे ।

    त्यसैगरी तालिम सहजकर्ता तथा पत्रकार ज्ञानु श्रेष्ठले महिलाहरुले आफुमा भएकाे क्षमता प्रदर्शन गर्न नसक्दा समाजले विस्वास नगेकाे भन्दै आफुभित्र भएकाे क्षमतालाई आत्मविश्वासका साथ प्रदर्शन गर्न सुझाव दिइन् । त्यस्तै उनले महिला सधै घरकाे काममा अलमलिने र अवसरकाे खाेजी कम गर्ने भएकाले पछि पर्नु परेकाे भन्दै पुरुष सहर सामाजिक , आर्थिक र व्यक्तिगत विकास लागि अवसरकाे खाेजी गर्नु पर्ने समेत बताइन् ।

    त्यस्तै कार्यक्रममा उद्योग बाणिज्यका सचि यज्ञ सुवेदीले महिलाहरुमा क्षमतामा नभएर भन्दापनि हिम्मत नगरेर पछि परेकाे बताए । यसैगरी महिलाहरूले आफुले प्राप्त गरेकाे ज्ञान,सीप तथा विज्ञतालाई व्यवहारमा उतार्ने हाे भने महिलाले पुरुष भन्दा कमजोर नहुने र सबै ठाउँमा नेतृत्व लिन सक्ने बताए ।

    यसैगरी तालिममा सहभागी विमला श्रेष्ठले तालिमले निकैनै आत्मविश्वास बढेकाे बताएकी छिन् । उनले भनिन् , “तालिमले नै आज यत्तिको बाेल्न सक्ने बनाएकाे हाे ।” यसरी विभिन्न किसिमको तालिम समय समयमा लिने अवसर पाए महिलाहरुकाे चाैतर्फी विकासकाे सहयाेग पुग्ने बताइन् ।

    तालिममा उद्घाेषण कला , भाषण कला , संस्था संचालन तथा व्यवस्थापन ,लैंगिक हिंसा , द्वन्द्व व्यवस्थापन लगाएतका विषयमा प्रशिक्षण प्रदान गरिएकाे थियाे । साे तालिमकाे सहजीकरण मन्थली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख गाेबिन्द कट्टेल, राजस्व शाखाका दिलिप मानन्धर ,पत्रकार युवराज श्रेष्ठ र ज्ञानु श्रेष्ठ , गरेका थिए ।

    उक्त तालिम मन्थली नगरपालिकाे आर्थिक सहयाेगमा महिला उद्यमी संघ रामेछापकाे आयाजना गरेकाे हाे । तालिम समापन कार्यक्रम आया्जक संस्थाकि अध्यक्ष अध्यक्ष डम्बर कुमारी भण्डारीकाे अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस