• काेसिस न्यूज
  • महासंघले सार्वजनिक गरेकाे सदस्यता प्रति असहमति जनाउदै, युनियनद्वारा महासंघमा ताला


    रामेछाप – नेपाल पत्रकार महासंघले सार्वजनिक गरेकाे सदस्यता प्रति असहमति जनाउदै नेपाल प्रेस युनियन रामेछापले महासंघको गेटमा ताला लगाएकाे छ । युनियनले मंगलबार विहान पत्रकार महासंघ रामेछापकाे कार्यालयकाे गेटमा ताला लगाएकाे हाे ।

    नेपाल पत्रकार महासंघले महासंघकाे विधान, विधि र प्रकृयालाई मिचेर सदस्यहरुकाे सुचि सार्वजनिक गरेकाेमा आपत्ति जनाउदै नेपाल प्रेस युनियन रामेछापले महासंघकाे जिल्ला शाखा रामेछापकाे कार्यालयमा ताला लगाएकाे युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिइन । लामाे समयदेखि महासंघकाे सदस्यका विषयमा विवाद हुँदै आएकाे र सदस्यता शुद्धीकरणका लागि महासंघलाई युनियनले सहयाेग गर्दै आएकाे थियाे । यसरी महासंघकाे सदस्यता शुद्धीकरण अभियानमा युनियनले निष्पक्ष तथा स्वतन्त्र भएर काम गर्न अभिप्रेरित गर्दापनि केही समुह तथा व्यक्तिहरुकाे निहित स्वार्थमा सदस्य सुचि सार्सार्वजनिक भएकाे प्रति युनियनले आपत्ति जनाएकाे छ ।

    यसैगरी युनियनले एक विज्ञप्ति जारी गर्दै महासंघ आफैले बनाएकाे विधि ,विधान , प्रकृया र छानवीन समितिलाई समेत बेवास्ता गरि सिमित समुहकाे निहित स्वार्थमा मनाेमानि ढङ्गबाट आएकाे सदस्यता युनियनका लागि मान्य नहुने भन्दै युनियनले विराेध जनाएकाे छ । साथै महासंघ जिल्ला शाखा रामेछापले सर्वसहमतिबाट सिफारिस गरेका सदस्यहररुकाे नाम हेरफेर गरेकाे , सिफारिस नै नगरिएकाे र गैर पत्रकारकाे नाम सदस्यमा समावेश भएकाे प्रति आपत्ति जनाउदै उक्त सदस्य सुचि तत्काल सच्याउनु पर्ने माग राख्दै महासंघकाे यहि जेष्ठ २६ हुने भनिएकाे अधिवेशनकाे कुनैपनि गतिविधि गर्न नदिने युनियनले चेतावनी दिएकाे छ ।

    तालाबन्दी गर्न पुगेका युनियनका मागलाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीले युनियनले ताला लगाएकाे प्रदेश र केन्द्रीय समिति जानकारी गराउदै समस्या समाधानका लागि पहल गर्ने बताए ।

    उक्त कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य रिता मगर , प्रदेश सदस्य कल्याण बुढाथोकी ,अनिता मगर, युनियनमा पदाधिकारी तथा आवद्ध जिल्लाका क्रियाशिल पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस