• काेसिस न्यूज
  • प्रेस युनियनकाे स्थापना दिवसमा मिडियाकाे भुमिका र चुनाैती विषयक अन्तरक्रिया


    रामेछाप – नेपाल प्रेस युनियनकाे ३३ ओैं स्थापना दिवसकाे अवसरमा नेपाल प्रेस युनियन रामेछापले मिडियाकाे भूमिका तथा चुनाैतीका विषयमा अन्तरक्रिया गरेकाे छ ।

    कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिकि प्रमुख चिना खड्काले पत्रकारकाे मुख्य भुमिका नागरिक समक्ष बिस्वस्निय सुचना र समाचार संप्रेषण गर्नु रहेकाे बताइन् । त्यस्तै सरकारका तर्फबाट तथा अन्य क्षेत्रबाट हुने गरेका कमिकमजाेरीलाई पनि सुधार्नका लागि पनि खबरदारी पत्रकारले गर्नुपर्ने उल्लेख गरिन । त्यसैगरी पत्रकारहरुकाे पेशागत हक ,हित र अधिकारका पत्रकारहरुका सबै संघठनमा एकता र सहकार्य हुनुपर्ने तर्क राख्दै युनियनको स्थापना दिवसमा शुभकामना दिएकी छन् ।

    त्यस्तै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले राज्यलाई संकट परेकाबेला मिडिया आवश्यक पर्ने बताए । कुनैपनि परिवर्तनका लागि मिडियाले जति भुमिका अन्य क्षेत्रले खेल्न नसक्ने उल्लेख गरे । त्यसैगरि नगर प्रमुख श्रेष्ठले
    खोज पत्रकारिता तथा अनुसन्धान मूलक पत्रकारीतामा जाेड दिन आग्रह गर्दै समाचारहरू बाहिर ल्याउन पत्रकारहरूलाई आग्रह गर्दै पत्रकारिता क्षेत्रमा देखापरेका समस्या समाधानका लागि पत्रकारका सबै संघ संगठनहरु एक भएर अघि बढ्नुपर्ने आवस्यकता ओैल्याए ।

    यसैगरी कार्यक्रममा नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, महासंघ रामेछापका अध्यक्ष एवं प्रेस युनियन रामेछापका पूर्व अध्यक्ष बद्री नयाँघरे, प्रेस युनियन केन्द्रीय सदस्य रिता मगर, आदिवासी
    महासंघका पुर्व अध्यक्ष हिमाल ढुंगेल ,जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ,प्रेस।युनियनका निवर्तमान अध्यक्ष अप्रिल अधिकारी , प्रेस चौतारी बागमती प्रदेश सदस्य लेखबहादुर बि क, नेविसंघ रामेछापका सभापति विनोद बुढाथोकी, ट्रेड युनियन काँग्रेस रामेछापका सचिव लालसिंह तामाङ लगायतले शुभकामना तथा भनाइ राखेका थिए ।

    कार्यक्रम जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काकाे प्रमुख आतिथ्यता तथा नेपाल प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षमा भएकाे थियाे । उक्त कार्यक्रममा जिल्ला स्थित क्रियाशील पत्रकार तथा प्रेस युनियन रामेछापका सदस्यहरुकाे सहभागीता रहेकाे थियाे ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस