जन्मदर्ता गर्न बाबू अनिवार्य नहुने , आमा सुचक भई आएमा इन्कार गर्न नपाइने
काठमाडौ – सर्वाेच्च अदालतले जन्मदर्ताका लागि बाबू अनिवार्य नहुने र आमा सुचक भई आएमा इन्कार नगर्न आदेश दिएकाे छ । अदालतले स्थानीय पञ्जिकाधिकारीहरूलाई यस्ताे आदेश गरेको हाे।
अदालतले बाबुले इन्कार गरेमा वा फेला नपरे पनि आमा सूचक भई जन्म दर्ता गर्न आएमा छोराछोरीको जन्मदर्ता गर्न बाध्य हुने आदेश गरेको छ ।
धादिङ धुनिवेसीका करण केसीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले आमा सूचक भई निवेदकले जन्म दर्ता गर्न आएमा कानून बमोजिम जन्म दर्ता गर्न इन्कार नगर्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश विनोद शर्माको एकल इजलासले यस्ताे अन्तरिम आदेश दिएकाे हाे । करन केसीको हकमा दिएको उक्त आदेशले बाबु ठेगान नभएको वा बाबुले इन्कार गरेका कारण जन्म दर्ताबाट बन्चित भएका बालबालिकाकाे हकमा पनि लागू हुने बाटो खुलेको छ ।
धादिङ धुनीवेसी गाउँपालिका ८ कार्यालयले आमा सूचक भई आएको अवस्थामा जन्म दर्ता प्रमाणित नगरेकाले आमा गंगा भण्डारीका छोरा करण केसी अदालतमा गएका थिए ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस