जन्मदर्ता गर्न बाबू अनिवार्य नहुने , आमा सुचक भई आएमा इन्कार गर्न नपाइने
काठमाडौ – सर्वाेच्च अदालतले जन्मदर्ताका लागि बाबू अनिवार्य नहुने र आमा सुचक भई आएमा इन्कार नगर्न आदेश दिएकाे छ । अदालतले स्थानीय पञ्जिकाधिकारीहरूलाई यस्ताे आदेश गरेको हाे।
अदालतले बाबुले इन्कार गरेमा वा फेला नपरे पनि आमा सूचक भई जन्म दर्ता गर्न आएमा छोराछोरीको जन्मदर्ता गर्न बाध्य हुने आदेश गरेको छ ।
धादिङ धुनिवेसीका करण केसीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले आमा सूचक भई निवेदकले जन्म दर्ता गर्न आएमा कानून बमोजिम जन्म दर्ता गर्न इन्कार नगर्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश विनोद शर्माको एकल इजलासले यस्ताे अन्तरिम आदेश दिएकाे हाे । करन केसीको हकमा दिएको उक्त आदेशले बाबु ठेगान नभएको वा बाबुले इन्कार गरेका कारण जन्म दर्ताबाट बन्चित भएका बालबालिकाकाे हकमा पनि लागू हुने बाटो खुलेको छ ।
धादिङ धुनीवेसी गाउँपालिका ८ कार्यालयले आमा सूचक भई आएको अवस्थामा जन्म दर्ता प्रमाणित नगरेकाले आमा गंगा भण्डारीका छोरा करण केसी अदालतमा गएका थिए ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस