बाँकेमा निशेधाज्ञा जारी
बाँके- जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा जारी गरेको कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सुचना जारी गर्दै बिहानदेखि कर्फ्यु हटाएरकाे र निषेधाज्ञा जारी गरिएको जानकारी दिएकाे छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले
आज बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा लगाइएको र बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म भने कर्फ्यु कायम रहने बताएका छन् ।
निषेधाज्ञामा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टास्न वा लेख्न नपाइने जनाएको छ । त्यसैगरी निशेधाज्ञाकाे समयमा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको सुचनामा उल्लेख गरिएकाे छ ।
जिल्लाकाे समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पतिको संरक्षण गर्न , सामाजिक सद्भाव कायम राख्न र मानव अधिकारको रक्षा तथा सम्मान गर्न सबैलाई जिल्ला प्रशासन कार्यालय बाँकेले अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस