शान्तिदिपमा उदाश

रामेछाप – शान्तिदिप युवा क्लवको अध्यक्षमा सुरेश उदास निर्विरोध निर्वाचित भएका छन् । शनिबार मन्थलीमा सम्पन्न क्लबको आठौ अधिवेशनले उदास लगाएतका पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन गरेको हो ।
क्लबको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदमा क्रमश: श्यामकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ, राजु थापामगर र सम्शेर थापा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा कल्पना थापामगर, अनिता थापामगर, पुश्पा श्रेष्ठ, सरिता चौलागाई, राजेश श्रेष्ठ र पर्वत विक निर्विरोध चयन भएको क्लबले जनाएको छ ।
क्लबका निवर्तमान अध्यक्ष बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त अधिवेशनमा क्लबका पूर्व अध्यक्ष ढाकलवहादुर थापा, रमेश उदास लगाएतले क्लबले सामाजिक कार्यहरु मार्फत समाजमा योगदानको पुर्याउन सफल भएको चर्चा गरेका थिए ।
क्लवले विगतमा मन्थली वजारको फोहोर मैलाको व्यवस्थापन, हरियाली क्षेत्र, विभिन्न विषयका सडक नाटक, खेलकुद लगाएतका कार्य गर्दै आएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस