उत्पादनमा जाेड दिन मन्थली नगरलाइ सुझाव
रामेछाप – मन्थली नगरपालिकालाइ आगामी आर्थिक वर्षकाे कार्यक्रममा कृषि उत्पादनकाे क्षेत्रमा जाेड दिनका लागि सुझाव दिएका छन् । अनउत्पादन क्षेत्रकाे लगानीबाट नगरकाे विकास नहुने भन्दै सहभागीहरुले उत्पादनकाे क्षेत्रमा लगानी बढाउन जाेड दिएका हुन ।
मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि नीति , कार्यक्रम , याेजना तथा बजेट तर्जुमा सम्बन्धी बुधबार सुझाव संकलन कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । उक्त कार्यक्रम सहभागीहरुले मन्थली नगरपालिकाकाे समग्र विकासका लागि आवस्यक याेजना तथा कार्यक्रमहरुका विषयमा सुझाव दिएका थिए ।
कार्यक्रममा सहभागीहरुले मन्थली नगरपालिकाले आधुनिक कृषि प्रणाली अपनाउन र उत्पादनमा वृद्धि गरेर नगरलाइ आत्म निर्भर बनाउन सुझाव दिएका थिए । त्यसैगरी महिलाहरुलाई स्वराेजगारमुलक तालिम उपलब्ध गराउदै आर्थिक र सामाजिक रुपमा सशक्त बनाउन याेजना बनाउनु पर्ने बताएका थिए ।
साथै नगरमा भएकाे आन्तरिक स्राेत साधनकाे परिचालन गरेर आर्थिक उपार्जन हुने कामका लागि याेजना बनाउन सुझाव दिएका थिए । त्यस्तै नगरभित्र रहेकाे धार्मिक तथा पर्यटकीय क्षेत्रकाे विकास र प्रचार गरेर पर्यटन प्रबर्द्धनका लागि ध्यान दिनु पर्ने पनि सहभागीले बताएका थिए ।
मन्थली जिल्लाकाे ऐना भएकाे भन्दै मन्थली उदाहरणीय र नमुना बन्नु पर्ने भएकाले बजारकाे सरसफाइ ,सवारी व्यवस्थापन र सेवा प्रवाहकाे प्रभावकारीतामा समेत ध्यान दिन सहभागीहरुले सुझाव दिए । त्यस्तै शैक्षिक सुधार र खेलकुद विकासका लागि पनि नगरकाे ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सबै सहभागीहरुकाे सुझावलाई संवाेधन गरेरै आगामी वर्षकाे निति तथा कार्यक्रम तयार गर्ने बताए । नगरपालिकाका बनाउन सबैकाे बराबर जिम्मेवारी हुने भन्दै पालिकालाई विकसित र सुन्दर बनाउन सबैलाइ सहयाेग गर्न समेत नगर प्रमुख श्रेष्ठले आग्रह गरे ।
कार्यक्रममा विभिन्न राजनितीक दल, संघ संस्था , उद्योग बाणिज्य , पत्रकार महासंघ लगाएतका प्रमुख तथा प्रतिनिधिहरुले सुझाव दिएका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- २ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ३ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ४ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ५ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ६ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ७ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ८ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास















प्रतिक्रिया दिनुहोस