नेपाल जेसिजकाे राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा रामेछापका कार्की विजयी

रामेछाप – नेपाल जेसीज वर्ष २०२३ का लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा रामेछापका जीवन कार्की विजयी भएका छन् । पाैष ७ गतेदेखि १० गते सम्म बिरगंजमा संचालन भएकाे नेपाल जेसीजको ४९ औँ राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा कार्की विजयी भएका हुन् ।

महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा बिकास मानन्धर विजयी भएका छन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा रजनी थापा, कुमारसिंह सावा र रश्मि बस्नेत विजयी भएका छन् । कार्यकारिणी ४ जनाका लागि ९ जना बिच प्रतिस्पर्धा भएकाे थियाे ।
कार्कीे रामेछाप जेसिज वर्ष २०२१ का अध्यक्ष हुन भने भने नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष रहेका हुन ।
त्यस्तै राष्ट्रिय उपाध्यक्षमा राधिका भुसाल, राजाराम गौतम, अनुप सुनुवार, भीम कुनुवार, स्वस्तिका आचार्य (सिटौला), तेजप्रसाद उप्रेती, चिरञ्जीवी शर्मा, सोनी श्रेष्ठ, सरोज अधिकारी, गौरव पौडेल, चन्द्र मुनी भुसाल र वीर बहादुर मेगा विजयी भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस