कठायत परिवारकाे विवाद उत्कर्षमा : बिनु यादवले गरिन हातपात

रामेछाप- मन्थलीका व्यवसायी पवन कठायतकाे पारिवारिक विवाद चरम उत्कर्षमा पुगेकाे छ । कठायत परिवारकाे विवादका बिच शुक्रबार कठायतका बुहारी बिनु यादवले परिवारका सदस्यहरु माथि हातपात गरेकाे परिवारले अाराेप लगाएका छन् ।
बिनु यादवकाे श्रीमान प्रदिप कठाएतसँगकाे सम्बन्ध बिच्छेदकाे मुद्दा यहि बैशाखमा जिल्ला अदालत रामेछापबाट फैसला भएकाे थियाे । साेहि मुद्दा फैसला भए पश्चात् काका ससुरा पर्ने पवन कठायत विरुद्ध यादवले जबर्जस्ती करणी उद्योगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएकी थिइन । उक्त मुद्दामा पुर्पक्षका लागि कठायत कारागारमा थिए । साेही मुद्दामा कठायत परिवारले उच्च अदालतमा पुनरावेदन दिएका थिए । पुनरावेदन उपर उच्च अदालतले कठाएतलाइ २ लाख धराैटीमा हिराइ गर्ने फैसला गरेसँगै अाजै कठायत
२ लाख धराैटीमा छुटेका छन् ।
यसरी सम्बन्ध विच्छेद र जबर्जस्ती करणी उद्योगमा मुद्दा खेपिरहेका कठायत परिवारमा शुक्रबार अचानक खैलाबैला र हातपात भएर पत्रकार सम्मेलन समेत गर्नु पर्याे ।
पत्रकार सम्मेलनमा कठायत परिवारले बिनु यादवबाट अाफुहरु घर , कलेज र बाटाेमा समेत असुरक्षित भएकाे बताएका छन् । घरमा बसिरहेका बेला श्रीमान प्रदिप कठाएत , नन्दहरु प्रमिला कठायत ,पविना कठायत र सासू तारा कठायत माथि हातपात भएकाे भन्दै अाफुहरु असुरक्षित भएकाे बताएका हुन् ।
त्यसैगरि यता कठायत परिवारले गरेकाे पत्रकार सम्मेलनमा अचानक अाइपुगेकी विनु यादवले भने कठायत परिवारले अाफुमाथि हातपात गरेकाे र बेहाेस भएर प्रहरीले स्वास्थ्य चाैकी पुर्याएकाे बताइन ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- २ शिक्षक आन्दोलन फिर्ता
- ३ संविधान दिवसमा विविध कार्यक्रम
- ४ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ५ बेवारिसे शव फेला
- ६ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
- ७ आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
- ८ अनेरास्ववियु रामेछापको अध्यक्षमा भट्टराई
प्रतिक्रिया दिनुहोस