कठायत परिवारकाे विवाद उत्कर्षमा : बिनु यादवले गरिन हातपात
रामेछाप- मन्थलीका व्यवसायी पवन कठायतकाे पारिवारिक विवाद चरम उत्कर्षमा पुगेकाे छ । कठायत परिवारकाे विवादका बिच शुक्रबार कठायतका बुहारी बिनु यादवले परिवारका सदस्यहरु माथि हातपात गरेकाे परिवारले अाराेप लगाएका छन् ।
बिनु यादवकाे श्रीमान प्रदिप कठाएतसँगकाे सम्बन्ध बिच्छेदकाे मुद्दा यहि बैशाखमा जिल्ला अदालत रामेछापबाट फैसला भएकाे थियाे । साेहि मुद्दा फैसला भए पश्चात् काका ससुरा पर्ने पवन कठायत विरुद्ध यादवले जबर्जस्ती करणी उद्योगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएकी थिइन । उक्त मुद्दामा पुर्पक्षका लागि कठायत कारागारमा थिए । साेही मुद्दामा कठायत परिवारले उच्च अदालतमा पुनरावेदन दिएका थिए । पुनरावेदन उपर उच्च अदालतले कठाएतलाइ २ लाख धराैटीमा हिराइ गर्ने फैसला गरेसँगै अाजै कठायत
२ लाख धराैटीमा छुटेका छन् ।
यसरी सम्बन्ध विच्छेद र जबर्जस्ती करणी उद्योगमा मुद्दा खेपिरहेका कठायत परिवारमा शुक्रबार अचानक खैलाबैला र हातपात भएर पत्रकार सम्मेलन समेत गर्नु पर्याे ।
पत्रकार सम्मेलनमा कठायत परिवारले बिनु यादवबाट अाफुहरु घर , कलेज र बाटाेमा समेत असुरक्षित भएकाे बताएका छन् । घरमा बसिरहेका बेला श्रीमान प्रदिप कठाएत , नन्दहरु प्रमिला कठायत ,पविना कठायत र सासू तारा कठायत माथि हातपात भएकाे भन्दै अाफुहरु असुरक्षित भएकाे बताएका हुन् ।
त्यसैगरि यता कठायत परिवारले गरेकाे पत्रकार सम्मेलनमा अचानक अाइपुगेकी विनु यादवले भने कठायत परिवारले अाफुमाथि हातपात गरेकाे र बेहाेस भएर प्रहरीले स्वास्थ्य चाैकी पुर्याएकाे बताइन ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस