बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
रामेछाप — जिल्ला प्रहरी कार्यालय रामेछापले बुहारीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी फरार भएका ससुरालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जेठ १७ गते दिउँसो करिब २ बजे दोरम्बा शैलुङ गाउँपालिका–४, पासेबन निवासी गंगा बहादुर मगरले आफ्नी बुहारी कमला माया मगरलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घटनापछि मगर फरार भएका थिए ।
गम्भीर घाइते कमला माया मगरलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित बी एन्ड बी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका गंगा बहादुर मगरको खोजतलास गर्ने क्रममा प्रहरीले सोही दिन साँझ करिब ५ बजे दोरम्बा शैलुङ गाउँपालिका–४ को खवासपानी क्षेत्रमा लुकिछिपी बसेको बेला पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका मगरमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत रामेछापबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस