जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
रामेछाप – जिल्ला अदालत रामेछापले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा मुद्दा फर्छ्योटतर्फ उल्लेखनीय प्रगति हासिल गरेको छ। अदालतले निर्धारण गरेको लक्ष्यको ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट गर्न सफल भएको जनाएको छ।
अदालतले चालु आर्थिक वर्षमा कुल ३२३ वटा मुद्दा फर्छ्योट गर्ने लक्ष्य लिएको थियो । सो लक्ष्य अनुसार जेठ मसान्तसम्म २६३ वटा मुद्दा टुंग्याउँदै ८१.४१ प्रतिशत प्रगति हासिल गरिएको जिल्ला अदालत रामेछापका निमित्त श्रेस्तेदार बिमला पन्थीले जानकारी दिइन् ।
उनका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म अदालतमा ३०६ वटा नयाँ मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १०९ वटा मुद्दासहित अदालतमा कुल ४१५ वटा मुद्दा विचाराधीन रहेका थिए।
तीमध्ये २०५ वटा देवानी तथा ५८ वटा फौजदारी गरी कुल २६३ वटा मुद्दाको फैसला भइसकेको निमित्त श्रेस्तेदार पन्थीले बताइन् ।
अदालतले लक्ष्यअनुसार मुद्दा फर्छ्योट गर्दै न्याय सम्पादनलाई प्रभावकारी बनाउन निरन्तर प्रयास गरिरहेको जनाएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस