• काेसिस न्यूज
  • सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना


    रामेछाप – नेपाल पत्रकार महासंघ रामेछाप शाखाले सञ्चारमाध्यम तथा पत्रकारिताको स्वतन्त्रतामाथि प्रतिकूल असर पर्ने गरी नेपाल सरकारबाट गरेका निर्णयहरूको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापको मूल गेट धर्ना बसेका छन् ।

    धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष दीपक घिमिरेले सरकारका पछिल्ला निर्णयहरूले सञ्चारमाध्यम र पत्रकारिताको स्वतन्त्रतालाई कमजोर बनाउने खतरा रहेको भन्दै महासंघले ती निर्णयप्रति गम्भीर असहमति जनाएका छन् । सञ्चारमाध्यममाथि गरिएका विभेदपूर्ण निर्णयहरू सच्याइएन भने महासंघको आन्दोलन अझ सशक्त रुपमा आन्दोलनमा उत्रने बताए ।

    नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सरकारकाे सञ्चारमाध्यमसम्बन्धी निर्णयहरूको विरोधमा देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सोही कार्यक्रमअन्तर्गत रामेछापमा पनि धर्ना बसेकाे हाे ।

    आन्दोलनअन्तर्गत पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि धर्नामा बसेका थिए। उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सञ्चारमाध्यमप्रति गरिएका विभेदकारी निर्णय खारेजी तथा पत्रकारितामैत्री वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
    धर्नामा पत्रकार महासंघका केन्द्रीय सदस्य , महासंघ रामेछापका पुर्व अध्यक्षहरु , महासंघ पदधारी तथा सदस्यहरु, मिडिया संचालकहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

    महासंघले आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलनका थप कार्यक्रम सञ्चालन गरिने जनाएको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस