छुवाछुत र शरिर वन्धक अभियोगमा दम्पतिलाई कैद
रामेछाप । १२ बर्षिया दलित बालिकालाई २१ घण्टा सम्म बाम्लोमा बा“धेर यातना दिने रामेछापका एक दम्पतिलाई शरिर वन्दक र छुवाछुत गरेको कसुरमा रामेछाप जिल्ला अदालतले कैद र जरिवाना हुने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश इन्दीरा शर्माको ईजलासले शुक्रबार उक्त फैसला सुनाएको हो । फैसला बमोजिम मन्थली ६ भलुवाजोर चिउरीपानीका ६३ बर्षिया शेरवहादुर नगरकोटीलाई शरिर वन्धक कसुरमा ३ बर्ष ६ महिना कैद र ३५ हजार जरिवाना र जातिय भेदभाव तथा छुवाछुत गरेको कसुरमा १ बर्ष कैद र ७५ हजार जरिवाना भएको छ । दुवै कसुर गरी श्रेष्ठलाइ ४ बर्ष ६ महिना कैद र १ लाख १० हजार जरिवाना भएको जिल्ला अदालतले जनाएको छ ।
जातिय भेदवाभ तथा छुवाछुत मुद्धामा दोषि देखिएकी श्रेष्ठकी पत्नि बालकुमारी श्रेष्ठलाई ३ महिना कैद र ५० हजार जरिवाना हुने फैसला अदालतले सुनाएको छ । अदालतले श्रेष्ठ दम्पतिका छोरा रोशन श्रेष्ठलाई भने दुवै मुद्धामा सफाई दिएको छ । घटना भएको बेला रोशन घरमा थिएनन् । बाबु आमालाई कानुन विपरीत सल्लाह दिएको भन्दै उनलाई समेत सजायको माग दावि पिडित पक्षले गरेको थियो । तर प्रमाण नपुगेको भन्दै अलालतले उनलाई सफाई दिएको हो ।
२०७८ साल माघमा घरमा नभएको मौका पारेर छिमेकी १२ बर्षिया नेपाली थर भएकी दलित बालिका श्रेष्ठको घरमा पसी २ डाडु दहि चोरेर खाएको अभियोगमा श्रेष्ठले वालिकालाई नियन्त्रणमा लिएको थिए । नियन्त्रणमा लिएर श्रेष्ठले आफ्नै घरको थाममा २१ घण्टा सम्म दाम्लोले बांधेर यातना दिएका थिए । दहि चोरी भएको घटना भन्दा पनि दलित बालिका घर भित्र पसेको अभियोगमा उनले घर जिम्मा नलिई बालिकालाई नफुकाउने अडान लिएर वसेका थिए । घर चोख्याउनका लागि रुद्री पुजा लगाउने खर्च दिन्छु भनेर बालिकाका अविभावक र जनप्रतिनिधिले भन्दा पनि दाम्लो नखोले पछि घटनाको जानकारी प्रहरीलाई गराइएको थियो । जिल्ला सदरमुकामबाट पुगेका प्रहरीले दाम्लो खोलेर बालिकाका उद्धार गर्नुका साथै अभियुक्त लाई नियन्त्रणमा लिएका थिए ।
प्रहरीमा परेका दुई अलग अलग अभियोगमा अनुसन्धान सकेर श्रेष्ठलाई जिल्ला अदालमा पेश गरीएकोमा तत्कालिन जिल्ला अदालतका जिल्ला न्यायाधीश बद्री प्रसाद ओलीको ईजलासले ५० हजार धेरौटी लिएर तारिखमा छोडेका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस