३२४ थान एनसेल सिम सहित ,अनलाइनमा जुवा खेलाउने र नक्कली छाप प्रयोग कर्ता पक्राउ
झापा – झापाकाे दमकबाट ३२४ थान एनसेल सिम सहित अनलाइनमार्फत जुवा खेलाउने र नक्कली छाप प्रयोग गरि सरकारी काजजात बनाउने कार्यमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेकाे छ ।
झापाका विभिन्न स्थानमा अनलाइनमार्फत जुवा खेलाउने र नक्कली छापकाे प्रयोग गरेर विभिन्न कागजजात बनाउने काममा संलग्न रहेकाे अाराेपमा पद्या इन्टरनेशनल कन्सलटेन्सीका सञ्चालक दमक नगरपालिका ८ का २५ वर्षीय सतप्रकाश साह, दमक ७ का २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउँपालिका २ का ३० वर्षीय अरुण कार्की र ब्रिटिस आर्मी ट्रेनिङ सेन्टर दमकका सञ्चालक दमक नगरपालिका–८ का ३३ वर्षीय राजु लिम्बू पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन ।
उनीहरुले अन्य व्यक्तिको नागरिकताबाट एनसेलको सिम निकालेर उक्त सिमको प्रयोग गरी वान एक्स बेट एप्लिकेशनमार्फत अनलाइन जुवा खेलाएको झापा प्रहरीका प्रवक्ता पाठकले जानकारी दिए ।
अनलाइन जुवाका लागि आवश्यक पर्ने रकम ईसेवामार्फत् कारोबार गर्ने र कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुकाे नागरिकता प्रयोग गरेर सिम निकाल्ने गरेको प्रहरीको
दाबी छ । यो गिरोहले सरकारी कार्यालय तथा जनप्रतिनिधिहरुका नक्कली छाप प्रयाेग गरि सरकारी कागजतात बनाउने देखि एसईईको सर्टिफिकेट समेत नक्कली बनाउने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुविरुद्ध ‘मुलुकी अपराध संहिता २०७४’ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर र परिच्छेद २५ को लिखत सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान सुरु गरिएको छ ।
पक्राउ परेका मध्ये सतप्रकाशले जुवा खेलाउनका लागि अन्य व्यक्तिको नामबाट सिमकार्ड निकाल्ने, उक्त सिममार्फत इसेवा आईडी खोलेर त्यसमार्फत पैसाको कारोबार गर्ने गरेको पाइएको छ ।
विभिन्न इसेवा अाईडीबाट सतप्रकाशकाे बैंक खातामा मात्रै ८० लाख भन्दा बढीको कारोबार भएको देखिन अाएकाे प्रहरीले जनाएकाे छ ।
त्यसैगरि राजु श्रेष्ठ , राजु लिम्बू र अरुण कार्कीले
कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुकाे प्रयोगका लागि नक्कली छाप प्रयाेग गरि सरकारी कागजात बनाउने गरेको पाइएको छ ।
उनलाई भदौ ३ गते दमक नगरपालिका–८ बाट पक्राउ गरिएको हो । उनीहरुबाट प्रहरीले मोबाइल,ल्यापटप, डेक्सटप, एनसेलका सिमलगायतका सामानहरु बरामद गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस