करेन्ट लागेर माझीको मृत्यु

रामेछाप -रामेछाप सदरमुकाम मन्थली ७ भटाैलीमा करेन्ट लागेर बिजुली माझिकाे मृत्यु भएकाे छ । अाईतबार दिउसाे गाइबस्तु चराउन जादा भुईमा लत्रिरहेकाे बिजुलीकाे नांगाे तारमा परि करेन्ट लागेर ५५ वर्षिया माझीकाे मृत्यु भएकाे हाे ।
अाफ्नाे पाखाे जग्गामा गाइबस्तु चराउन गएका बेला भुइमा तत्रिरहेकाे बिजुलीको नांगो तारमा पर्दा ठेडीगाेला निवासी ५५ वर्षिय बिजुली माझीकाे घटना स्थलमा नै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
बिद्युत प्राधिकरणले मृतकको परिवारलाई नियमानुसार तत्काल कृया खर्च बापत २५ हजार र ५ लाख रुपैया क्षतिपूर्ति बापत उपलब्ध गराउने सहमति भएकाे छ । त्यस्तै प्राधिकरणले मृततकाे परिवारलाई रोजगारी र छाेरा छाेरीकाे शिक्षा दीक्षा समेतकाे व्यवस्था मिलाउने सहमति भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरिक्षक राजु ढकालले जानकारी दिएका छन् ।
माझीकाे परिवारमा १ श्रीमती, २३ बर्षिय १ छोरी र १० बर्षिय १ छोरा रहेका छन् ।
बिद्युत प्राधिकरणको चरम लापर्वाहिका कारण अप्रिय घटना घट्न पुगेकाे भन्दै स्थानियले विराेध जनाएका थिए । स्थानीयले बिद्युत प्राधिकरण वितरण केन्द्र मन्थलीलाइ पटक – पटक जानकारी गराउदा समेत प्राधिकरणले वेवास्था गरेकाे कारण यस्ताे घटना बेहोर्नु परेकाे स्थानियले अाराेप लगाएकाे छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस