रेडक्रस साेसाइटी रामेछाप शाखाकाे सभापतिमा कार्की निवार्चित
रामेछाप – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापकाे सभापतिमा शिवकुमार कार्की निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट कार्की सभापतिमा निर्वाचित भएका हुन ।
निर्वाचनमा कार्कीले ५३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी जय प्रकाश श्रेष्ठले ५० मत प्राप्त गरेका छन् ।यसैगरी उपसभापतिमा नारायणदास श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५५ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी विरेन्द्र श्रेष्ठले ४५ मत प्राप्त गरेका छन । महिला उपसभापतिमा ५३ मत सहित कल्पना केसि विजयी भएकी छन् । केसिकी प्रतिस्पर्धी पार्वती कडरियाले ४९ मत प्राप्त गरेकी छन् ।
यसैगरि मन्त्री पदमा ५४ मत सहित दुर्गा श्रेष्ठ विजयी भएका छन् भने ,अर्का उमेदवार हेमन्त पौडेल ४८ मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्ष पुन: दिनेश कार्की विजय= भएका छन् । भिमबहादुर तामाङलाई २३ मतले पछि पार्दै कार्की ६१ मत सहित निर्वाचित भएका छन् ।
कार्कीका प्रतिस्पर्धी तामाङले ३८ मत प्राप्त गरेका छन् ।
यस्तै उप कोषाध्यक्षमा श्री बहादुर माझीलाई ५ मतले पछि पार्दै यतनहरि सुवेदी निर्वाचित छन् । सुवेदी ५३ मत प्राप्त गरेका छन् भने माझीले ४८ मत प्राप्त गरेका छन् ।
त्यसैगरि महिला सदस्यमा विष्णुलक्ष्मी उप्रेती, कमला कुमारी खड्का र सुशीला गुरुङ निर्वाचित भएका छन् । भने खुला सदस्यहरूमा ढालविक्रम कार्की, राजेन्द्रबहादुर कार्की, धुव्रबहादुर खड्का, रमेशकुमार उदास, यादव प्रसाद दाहाल र कृष्णप्रसाद उप्रेती निर्वाचित छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस