रेडक्रस साेसाइटी रामेछाप शाखाकाे सभापतिमा कार्की निवार्चित

रामेछाप – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापकाे सभापतिमा शिवकुमार कार्की निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट कार्की सभापतिमा निर्वाचित भएका हुन ।

निर्वाचनमा कार्कीले ५३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी जय प्रकाश श्रेष्ठले ५० मत प्राप्त गरेका छन् ।यसैगरी उपसभापतिमा नारायणदास श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५५ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी विरेन्द्र श्रेष्ठले ४५ मत प्राप्त गरेका छन । महिला उपसभापतिमा ५३ मत सहित कल्पना केसि विजयी भएकी छन् । केसिकी प्रतिस्पर्धी पार्वती कडरियाले ४९ मत प्राप्त गरेकी छन् ।
यसैगरि मन्त्री पदमा ५४ मत सहित दुर्गा श्रेष्ठ विजयी भएका छन् भने ,अर्का उमेदवार हेमन्त पौडेल ४८ मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्ष पुन: दिनेश कार्की विजय= भएका छन् । भिमबहादुर तामाङलाई २३ मतले पछि पार्दै कार्की ६१ मत सहित निर्वाचित भएका छन् ।
कार्कीका प्रतिस्पर्धी तामाङले ३८ मत प्राप्त गरेका छन् ।
यस्तै उप कोषाध्यक्षमा श्री बहादुर माझीलाई ५ मतले पछि पार्दै यतनहरि सुवेदी निर्वाचित छन् । सुवेदी ५३ मत प्राप्त गरेका छन् भने माझीले ४८ मत प्राप्त गरेका छन् ।
त्यसैगरि महिला सदस्यमा विष्णुलक्ष्मी उप्रेती, कमला कुमारी खड्का र सुशीला गुरुङ निर्वाचित भएका छन् । भने खुला सदस्यहरूमा ढालविक्रम कार्की, राजेन्द्रबहादुर कार्की, धुव्रबहादुर खड्का, रमेशकुमार उदास, यादव प्रसाद दाहाल र कृष्णप्रसाद उप्रेती निर्वाचित छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस