रामेछाप जेसिजकाे समुदायमा जेसिज कार्यक्रम
रामेछाप – रामेछाप जेसिजले समुदायमा जेसिज कार्यक्रम संचालन गरेकाे छ । उक्त कार्यक्रम रामेछाप शुक्रबारबाट सुरु भएकाे हाे ।
समुदायमा जेसिज कार्यक्रम अन्तर्गत रामेछाप जेसिजले लिखुतामाकाेसी गाउँपालिका ६ काे जनता आधरभूत विद्यालयका१३ जना र लिखुतामाकाेसी ७ काे कैलेश्वोर आधाभूत विद्यालयकाे 24 जना विद्यार्थीलाई विद्यालय पुस्तक बाेक्नका लागि झाेला वितरण गरेकाे छ ।

दाेस्राे दिन मन्थली नगरपालिका ५ सुनारपानिमा नि:शुल्क स्वास्थ्य परिक्षण तथा ओैषधी वितरण गरेकाे छ । स्वास्थ्य शिविरमा १ सय भन्दा बढीले सेवा लिएकाे जेसिज रामेछापका अध्यक्ष यादव केसीले जानकारी दिएका छन् ।

रामेछाप जेसिजले पहिलाे पटक रामेछापमा संचालन गरेकाे समुदायमा जेसिज कार्यक्रमले समाजका विभिन्न पक्ष र क्षेत्रलाई समेटेर कार्यक्रम बनाएकाे छ । उक्त कार्यक्रम एकसाता सम्म कार्यक्रम संचालन गर्ने अध्यक्ष केसीले जानकारी दिएका छन् ।
उक्त कार्यक्रम अन्तर्गत जेष्ठ १ गते मन्थली ७ भटाैलीमा साईबर अपराध न्यूनिकरणका लागि सचेतना कार्यक्रम , जेष्ठ ३ गते मन्थली २ मा वक्तित्वकला प्रतियाेगिता,जेष्ठ ४ गते सार्वजनिक भाषणकला तालिम,५ गते मन्थली बजारमा डस्बिन वितरण तथा सरसफाइ कार्यक्रम र ६ गते तिज विशेष कार्यक्रम गर्ने जेसिज रामेछापकि महासचिव संगिता श्रेष्ठले जानकारी दिएकी छिन् ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस